Oct 02 2026 | २०८३, आश्विन १६ गते

पीएन क्याम्पसको स्ववियूको मतगणना केही बेरमा शुरु हुँदै ।

पीएन क्याम्पसको स्ववियूको मतगणना केही बेरमा शुरु हुँदै ।

  • 514
    SHARES

  • पीएन क्याम्पसको स्ववियूको मतगणना केही बेरमा शुरु हुँदै ।

    पोखरा । देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत गणना केही बेरमा शुरु हुने भएको छ। आइतबार साँझ बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेबाट मत गणना गर्ने निर्णय गरेको थियो।

    मत गणना मंगलबार दिउँसो १२ बजेसम्म सक्ने अनुमान गरिएको छ। आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म भएको मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । ९२७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।

    स्ववियु अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका थिए। जसमध्ये अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ छन भने स्वतन्त्रबाट विप्लवी न्यौपाने र कमल सुवेदीले उमेदवार रहेला छन्। 

    images
    सोमवार, चैत्र १० २०८१०७:३२:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार