Oct 02 2026 | २०८३, आश्विन १६ गते

विश्वविद्यालयमा हुने झगडा र तालाबन्दी समस्या पेचिलो बन्दै गयो: शिक्षामन्त्री

विश्वविद्यालयमा हुने झगडा र तालाबन्दी समस्या पेचिलो बन्दै गयो: शिक्षामन्त्री

  • 639
    SHARES

  • विश्वविद्यालयमा हुने झगडा र तालाबन्दी समस्या पेचिलो बन्दै गयो: शिक्षामन्त्री

    ११ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पछिल्लो समय विश्वविद्यालयमा हुने झगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको बताएकी छिन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागी हुँदै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्।

    ‘अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झै–झगडा तथा संस्कारजन्य कुरामा कसरी जाने भन्ने विषयमा हामी जानैपर्छ,’ मन्त्री भट्टराईले भनिन्, ‘यो विषयलाई समेत विधेयकमा समेटेर जानको लागि म यहाँ अनुरोध गर्न चाहन्छु ।’

    साथै, उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउन सुझाव दिएकी छिन् । यस विषयको समाधान सहित विधेयक अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन ।

    बैठकमा मन्त्री भट्टराईले विधेयकलाई विश्वविद्यालयहरुमा देखिएको क्यालेण्डर, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने पनि बताइन् ।

    ‘हामीले यो विश्वविद्यालयलाई अहिलेसम्मका विश्वविद्यालय र अब बन्ने विश्वविद्यालयमा समेत एउटा मानक स्थापित गर्नसकौं । अहिले विश्वविद्यालयभित्र तीनवटा समस्याहरू रहेका छन्,’ मन्त्री भट्टराईले भनिन्, ‘एउटा क्यालेण्डरको कुरा, अर्को त्यहाँभित्रको जनशक्ति व्यवस्थापनको कुरा र लिडरसिप कसले लिने र विश्वविद्यालयको जिम्मेवार को हुने भन्ने कुरा ।’

    images
    सोमवार, चैत्र १० २०८१०२:३९:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार