Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षकको क्षमता अभिवृद्धि तालीम शुरु ।

शिक्षकको क्षमता अभिवृद्धि तालीम शुरु ।

  • 509
    SHARES

  • शिक्षकको क्षमता अभिवृद्धि तालीम शुरु ।

    धादिङ। जिल्लाको धुनुवेसी नगरपालिका, १ मैदानस्थित महेन्द्रोदय मा. बि. आयोजनामा तीन दिने शिक्षकको क्षमता अभिवृद्धि तालीम शुरु भएको छ।धुनिवेसी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा संचालित तीन दिने तालीम चैत्र १६ गतेसम्म संचालन हुनेछ ।

    उक्त तालिमको पहिलो सत्रमा मोहन कोइरालाको संचालनमा महेन्द्रोदय मा. बि. को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बिबस तामाङको अध्यक्षतामा,वडा अध्यक्ष मान बहादुर तामाङको प्रमुख आतिथ्यतामा,शिक्षा ,युवा तथा खेलकुद शाखा जुगेडीका प्रमुख निर्देशक कर्ण बहादुर भुवाजीको बिशेष आतिथ्यतामा तथा अन्य जनप्रतिनिधि ,विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

    तालिममा महेन्द्रोदय मा.बि. का प्र .अ. द्वारा स्वागत मन्तव्य साथै विभिन्न विद्यालयका प्र.अ. हरु दयानिधी बसौला,बिनिता कुँवर ,ध्रुवकुमार श्रेष्ठ , श्री राम शिंखडा लगाएत विभिन्न संघ/ संगठनका प्रतिनिधिहरुले तालीम सफलताको शुभकामना दिनुभएको थियो। कार्यक्रममा तालिमको महत्व ,औचित्यको बारेमा छलफल गर्नुको साथै तालीमलाई मर्यादित र प्रभावकारी बनाउन जिम्मेवारी पनि तोकेको थियो जसमा सभापति सानोभाइ पौडेल ,प्रतिबेदन लेखनमा राममाया थपलिया ,मनोरञ्जनमा राजेन्द्र सर,प्रतिभा म्याडमले जिम्मेवारी बहन गर्नुभएको थियो।

    औपचारिक कार्यक्रमको समापन पछि लगत्तै करिब १:३० बाट प्रशिक्षक मोहन कोइरालाबाट तालिमको शुरुआत भयो।

    images
    शुक्रवार, चैत्र १४ २०८१०९:०२:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार