Oct 02 2026 | २०८३, आश्विन १६ गते

उपकुलपतिले काम गर्न सकेनन्, राजिनामा दिए - प्रधानमन्त्री ओली

उपकुलपतिले काम गर्न सकेनन्, राजिनामा दिए - प्रधानमन्त्री ओली

  • 1.0K
    SHARES

  • उपकुलपतिले काम गर्न सकेनन्, राजिनामा दिए - प्रधानमन्त्री ओली

    चैत, २९ गते/ बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. केशरजंग बरालले काम गर्न नसकेरे राजिनामा दिएको बताएका छन् । शुक्रवार बुटवलमा नेकपा एमालेले आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    प्रधानमन्त्री ओलीले भने, एउटा उपकुलपति काम गर्न सकेनछन्, राजिनामा फ्याकेछन् । प्रधानमन्त्री ओलीले बरालको राजिनामा स्वीकृतमा ढिलाइ हुनुको कारणमा आफूसग राजिनामा पत्र आउन ढिलाई भएको बताए। उनले भने, 'राजिनामा कतिदिन पछि म कहा आइपुग्यो, राजीनिामा स्वीकृत गर्दैन भन्छन् पत्र पत्रिकाहरुले, राजिनामा छदैछैन त कहाबाट स्वीकृत गर्ने ? न भेटेको छ, न राजिनामा गर्छु भनेको छ, न यस्तो समस्या भो भनेको छ, राजिनामा कोही मार्फत पठाएको थियो अरे, त्यो पुग्न पाएको छैन् अखवारबाजी भयो, आएपछि राजीनामा स्वीकृत गर्दिए, भेरिफाइ गरेर ।' साथै राजिनामा स्वीकृत पछि फेरी द्धन्द्धको कुरा उठाएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टी ब्यक्त गरे।

    राजिनामा स्वीकृत गरेपछि प्रधानमन्त्री र उपकुलपतिवीच द्धन्द्ध, लडाइ, भिडन्त, लफडा जस्ता कुरा शुरु भएको भन्दै उनले अचम्म ब्यक्त गरे । उपकुलपतिले मलाई यस्तो भयो भनेर एक शब्द नभनेको तर यहा हल्ला अनेक हुने गरेको उनले बताए ।

    images
    शुक्रवार, चैत्र २८ २०८१०५:३७:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार