Oct 03 2026 | २०८३, आश्विन १७ गते

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पढाउन विद्यावारिधि गर्नुपर्ने मापदण्ड

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पढाउन विद्यावारिधि गर्नुपर्ने मापदण्ड

  • 693
    SHARES

  • त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पढाउन विद्यावारिधि गर्नुपर्ने  मापदण्ड

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यापन गर्न कम्तिमा विद्यावारिधि गरेको हुनुपर्ने मापदण्ड कार्यान्वयनमा आएको छ । विश्वविद्यालय शिक्षाको गुणस्तर र विद्यार्थीमा अनुसन्धानप्रति लगाव बढाउन त्रिभुवन विश्वविद्यालयले शिक्षक पदस्थापनाको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

    यो नयाँ मापदण्डप्रति शिक्षक तथा विद्यार्थी सबै पक्ष सकारात्मक भएपछि कार्यान्वयमा समेत आइसकेको छ भने नयाँ व्यवस्थाले शिक्षक-विद्यार्थी दुवै उत्साहित देखिएका छन् ।

    विद्यावारिधि गरेका शिक्षकले ज्ञानको गहिराइसम्म गइ पढाउने हुनाले बुझ्न पनि सजिलो हुने र उच्चशिक्षामा गुणस्तरवृद्धिसमेत हुने उनीहरूको बुझाइ छ ।

    त्रिभुवन विश्वविद्यालय सभाको गत मंसिरको निर्णयअनुसार केन्द्रीय क्याम्पसमा अध्यापन गराउने शिक्षकको शैक्षिक योग्यता विद्यावारिधि हुनुपर्ने मापदण्ड बनाउन निर्णय गरेको थियो। यसअघि स्नातकोत्तर गरेकाले समेत सिधै शिक्षक बन्न पाउने व्यवस्था थियो।

    उच्चशिक्षालाई गुणस्तरीय बनाउन आंगिक क्याम्पसहरूमा पनि नियुक्तिको नयाँ मापदण्ड लागू गर्दै जाने योजना विश्वविद्यालयको छ । जसले गर्दा मुलकका लागि आवश्यक दक्षजनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा विश्वविद्यालयको छ ।

    विश्वविद्यालयमा हाल कार्यरत शिक्षकहरुको हकमा भन्ने यो व्यवस्था लागू नहुने त्रिविले स्पष्ट पारेको छ । त्रिवि केन्द्रीय क्याम्पसका ४२ वटा केन्द्रीय विभागमा ३ सय ५० भन्दा बढी शिक्षक कार्यरत छन् । स्नातकोत्तर तहदेखि विद्यावारिधिसम्मको अध्ययन अध्यापन हुने केन्द्रीय क्याम्पसमा ६ हजार विद्यार्थी अध्ययनरत छन् ।

    images
    आइतवार, चैत्र ३० २०८१०७:४२:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार