Oct 02 2026 | २०८३, आश्विन १६ गते

मध्यपश्चिम विश्वविद्यालयमा अनुसन्धान र प्रकाशन प्रक्रिया सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा अनुसन्धान र प्रकाशन प्रक्रिया सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

  • 526
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयमा अनुसन्धान र प्रकाशन प्रक्रिया सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

    बैशाख, १२ गते काठमाडौ। मध्यपश्चिम विश्वविद्यालयले अनुसन्धान र प्रकाशन प्रक्रिया सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न गरेको छ। विश्वविद्यालयले वैशाख १० र ११ गते दुईदिने अनुसन्धान र प्रकाशन प्रक्रियासम्बन्धी कार्यशाला आयोजना गरेको हो।

    FB_IMG_1745544329176.jpg

    कार्यशालामा पछिल्ला अनुसन्धान प्रवृत्ति र प्रकाशन प्रक्रियामाथि विभिन्न प्रस्तुतीकरण तथा छलफल सम्पन्न भएको थियो। यो कार्यक्रम मध्यपश्चिम विश्वविद्यालयमा आज देखि हुन गइरहेको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन पुर्व आयोजना गरिएको थियो, जसको उद्देश्य विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूमा शैक्षिक उत्कृष्टता र अनुसन्धान क्षमताको विकास गर्नु रहेको थियो।

    कार्यशालामा विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले सत्रहरू सञ्चालन गरेका थिए, जसमा नेली स्कूल अफ बिजनेस, क्रिस्चियन युनिभर्सिटी, टेक्सासका प्रा. डा. ग्यारी डी. ब्रुटन; मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम; सेंट्रल युनिभर्सिटी अफ हिमाञ्चलका शिक्षा संकाय डीन प्रा. डा. मनोज सक्सेना; इलाहाबादको म्यानेजमेन्ट स्टडिज स्कुलका प्रमुख प्रा. डा. तनुज नन्दन; र बाबासाहेब भीमराव अम्बेडकर विश्वविद्यालय, लखनऊका डीन प्रा. डा. अमृतकुमार सिंह प्रमुख रूपमा सहभागी थिए।

    कार्यशालामा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न संकायहरूका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले सहभागिता जनाएका थिए। कार्यशालाले सहभागीहरूलाई समकालीन अनुसन्धान विधि, शैक्षिक प्रकाशन रणनीति, तथा उच्च शिक्षाको विश्वव्यापी प्रवृत्तिबारे महत्वपूर्ण ज्ञान प्रदान गरेको थियो । यस कार्यशालाले ज्ञान आदान–प्रदान, सहकार्य र शैक्षिक विकासको महत्वपूर्ण अवसरको रूपमा भूमिका खेलेको थियो।

    images
    शुक्रवार, बैशाख १२ २०८२०७:१५:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार