Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविको उपकुलपति सिफारिस गर्न समिति गठन

त्रिविको उपकुलपति सिफारिस गर्न समिति गठन

  • 990
    SHARES

  • त्रिविको उपकुलपति सिफारिस गर्न समिति गठन

    जेठ, ६ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न समिति गठन भएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुजी पन्तको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका हुन्।

    समितिका अन्य दुई सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य रहेका छन्।

    उपकुलपति डा.केशरजंग बरालले राजीनामा दिएपछि त्रिवि उपकुलपति पद रिक्त रहेको छ। समितिले नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले उपकुलपति नियुक्त गर्नेछ।

    images
    मंगलवार, जेठ ७ २०८२०६:२२:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार