Aug 14 2026 | २०८३, श्रावण २९ गते

भिसी नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनुपर्छ : नैनसिंह महर

भिसी नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनुपर्छ : नैनसिंह महर

  • 639
    SHARES

  • भिसी नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनुपर्छ : नैनसिंह महर

    असार, ५ गते/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियामा मेरिटोक्रेसीको आधारमा हुनुपर्ने बताउनुभएको छ।

    कांग्रेस शिक्षा विभागले आज काठमाडौंमा आयोजना गरेको शिक्षा नीति बहस अन्तर्गत ‘उच्च शिक्षा विमर्श’ कार्यक्रममा बोल्दै महरले विश्वविद्यालयको भिसी नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनुपर्ने बताउनुभएको हो।

    त्रिभुवन विश्श्वविद्यालयको भिसी सिफारिस गर्दा खुल्ला प्रतिस्पर्धा नै हटाइए शैक्षिक भविष्यमाथि संकट निम्त्याउने महरले चेतावनी दिनुभयो। ‘हामीले दशकौं देखि विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनु पर्ने माग गर्दै आएका थियौं। अघिल्लो पटकदेखि यसको थोरै भए पनि कार्यान्वयन हुदै आएको थियो,’ उनले भने, ‘ तर अब सुनियो की यसपटक त्रिभुवन विश्श्वविद्यालयको भिसी सिफारिस गर्दा खुल्ला प्रतिस्पर्धा नै हटाइएको छ। यसले त विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक मर्यादा र समग्र शैक्षिक भविष्यमाथि संकट निम्त्याउँछ।’

    विश्वविद्यालयको भीसी छान्‍न मेरिटोक्रेसी हटाए मुलुकको प्राज्ञिक क्षेत्रमा दूरगामी नकारात्मक असर पर्ने उहाँको भनाई छ। ‘प्रतिभा, प्रयास र क्षमताको निष्पक्ष मूल्याङ्कन र त्यसका आधारमा प्रदान गरिने अवसर नै मेरिटोक्रेसीको मूल मर्म हो। तर, यस्तो आधारभूत सिद्धान्तलाई तिलाञ्जली दिई अपारदर्शी र स्वार्थ प्रेरित ढंगले निर्णय लिइनुले समग्र प्राज्ञिक क्षेत्रलाई नै निराश तुल्याएको छ।’

    शिक्षा बिभाग प्रमुख महरले लाखौं विद्यार्थीको भविष्य र राष्ट्रको बौद्धिक दिशा निर्धारण गर्ने संस्थाको नेतृत्व चयनमा राजनीतिक भागबण्डा र कृपावादको थलो बनाउने कुरा गलत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि अतिक्रमण मात्र गर्दैन, योग्य र सक्षम व्यक्तिहरूलाई पाखा लगाउँदै संस्थालाई राजनीतिक भागबण्डा र कृपावादको थलो बनाउने कुरा गलत छ।’

    यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किने, अनुसन्धान र नवीनता कमजोर हुने तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको प्रतिष्ठामा समेत गम्भीर आँच आउने निश्चित उनको भनाइ छ । ‘विश्वविद्यालयको ऐन मै खुल्ला प्रतिस्पर्धा र मेरिटोक्रेसीको वैधानिक व्यवस्था गर्नु पर्छ।’ उहाँले भन्नुभयो ।

    महरले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीद्वारा गठित सिफारिस समितिको संरचना र कार्यविधिमाथि पनि प्रश्न उठाउनुभयो।

    शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुजी पन्तको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा राष्ट्रिय योजना आयोगकी शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य थिए।

    ‘समितिले कुन मापदण्ड, प्रक्रिया र आधारमा सम्भावित उम्मेदवारहरूको मूल्याङ्कन गर्‍यो र कसरी नाम सिफारिस गर्‍यो भन्नेबारे आम चासो र जिज्ञासा हुँदाहुँदै पनि त्यसलाई सार्वजनिक नगरिनुले त झन ,सिफारिस प्रक्रियाको निष्पक्षतामाथि नै गम्भीर शंका उब्जिएको उहाँको भनाइ छ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार