आइतवार, आषाढ २२ २०८२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिको बैठकले तीन जनाको नाम टुङ्गो लगाएको हो ।
त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । ती मध्ये तीन जनाको नाम फाइनल भएको र भोली कुलपतिलाई बुझाइने समिति स्रोतले जानकारी दियो ।
यसअघि कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गर्नुभएको थियो । उक्त सिफारिस समितिले १२ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो । समितिले १२ जनामध्ये पाँच जना प्राध्यापकहरूबाट सिफारिस गरेको समिति स्रोतको भनाइ छ ।
स्रोतका अनुसार हालका उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको सोतले बतायो। उपकुलपति केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हालसम्म केसीले निमित्त उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।