Nov 20 2026 | २०८३, मंसिर ५ गते

त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस

  • 648
    SHARES

  • त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस

    असार, २३ काठमाडौँ ।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीन जनाको नाम सिफारिस गरेको हो।

    सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा.डा.विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा.दीपक अर्याल रहेका छन् ।

    उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।

    images
    सोमवार, आषाढ २३ २०८२०७:४७:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार