Oct 02 2026 | २०८३, आश्विन १६ गते

स्वायत्तताको पुन: निरन्तरता दिने प्रतिवद्धतासंगै इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापक र त्रिविबीच सहमति

स्वायत्तताको पुन: निरन्तरता दिने प्रतिवद्धतासंगै इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापक र त्रिविबीच सहमति

  • 451
    SHARES

  • स्वायत्तताको पुन: निरन्तरता दिने प्रतिवद्धतासंगै इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापक र त्रिविबीच सहमति

    साउन, ५ गते/काठमाडौं । विश्वविद्यालयले खोसेको संस्थानको स्वायत्तताको पुन: निरन्तरता दिने प्रतिवद्धता पश्चात् त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकबीच सहमति भएको छ।

    विश्वविद्यालयलका उपकुलपतिसहितका पदाधिकारीहरुले संस्थानको स्वायत्ततालाई पुन: निरन्तरता दिने प्रतिबद्धता जनाएपछि सहमति भएको हो ।

    विश्वविद्यालयले खोसेको संस्थानको स्वायत्तताको पुन: निरन्तरता दिने प्रतिवद्धता विश्वविद्यालयले जनाएपछि प्राध्यापकहरुले दुई सातादेखिको आन्दोलन फिर्ता लिएका छन् ।

    संस्थान र आंगिक क्याम्पसका विभागीय प्रमुख तथा उपप्रमुखहरु सामूहिक राजीनामा दिई दुई सातादेखि पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएका थिए। सहमतिसँग भोलि मंगलबारदेखि नै पठनपाठन सञ्चालन हुने प्राध्यापक संगीता सिंहले जानकारी दिनुभयो ।

    images
    सोमवार, श्रावण ६ २०८२०९:०६:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार