Aug 13 2026 | २०८३, श्रावण २८ गते

त्रिवि रजिस्टार र रेक्टरलाई प्रवेश निषेध : फास्ट ट्र्याक रोकेमात्रै निषेध खुल्ने ।

त्रिवि रजिस्टार र रेक्टरलाई प्रवेश निषेध : फास्ट ट्र्याक रोकेमात्रै निषेध खुल्ने ।

  • 446
    SHARES

  • त्रिवि रजिस्टार र रेक्टरलाई प्रवेश निषेध : फास्ट ट्र्याक रोकेमात्रै निषेध खुल्ने ।

    साउन, ६ गते काठमाडौँ। माओवादी निकट अखिल (क्रान्तिकारी)ले विश्वविद्यालय प्रवेशमा निषेध गरेपछि शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल कार्यकक्षमा जान पाएका छैनन् । त्रिविले फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्त गर्न लागेको भन्दै क्रान्तिकारीले विरोध जनाउँदै पदाधिकारीलाई प्रवेश निषेध गरेको हो ।

    ‘फास्ट ट्रयाक रोक्यो भने प्रवेश निषेध पनि खुल्छ । क्रान्तिकारीका एक नेता शिवराज भट्टका अनुसार लिखित परीक्षा बिना प्राध्यापक नियुक्त गर्न लागेको विरोधमा प्रवेश निषेध गरेको बताए।

    गत १४ जेठमा नेविसंघ निकट विद्यार्थीहरूले ताला लगाएपछि शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल कार्यकक्षमा जान पाएका थिएनन्। तत्पश्चात् आंशिक प्राध्यापक र अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि त्रिविको ढोकामा तालैताला थियो । पदाधिकारी कार्यकक्षमा जान नपाएपछि सर्वोच्च अदालतले १८ असारमा त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । त्यसपछि ताला त खोलियो तर अखिल क्रान्तिकारीले भने ताला खोले पनि पदाधिकारीलाई प्रवेश निषेध कायम राखेको थियो ।

    रेक्टर केसी र रजिस्ट्रार रिजाल कार्यकक्षमा जान नपाएपनि उपकुलपति प्रा.डा. दीपक अर्याल भने कार्यकक्षबाट कार्यसम्पादन गरिरहेका छन् । २५ असारमा उपकुलपतिमा नियुक्त भएका अर्याललाई भने क्रान्तिकारीले कार्यालयमा जान दिइएको छ।

    क्रान्तिकारीका नेता भट्टका अनुसार उपकुलपति अर्यालले समस्या समाधान गर्न दुई हप्ताको समय मागेको र सो अनुसार कार्य गर्न समय दिइएको छ। यदि दुई हप्ताभित्र समस्या समाधान नभए उपकुलपति अर्याललाई पनि प्रवेशमा रोक लगाउने चेतावनी क्रान्तिकारीले दिएको छ ।

    फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्त गर्न लागेको भन्दै आंशिक प्राध्यकपहरूले पनि विरोध जनाउदै आएका छन् । त्रिभुवन विश्वविद्यालयमा अनुसन्धनात्मक विशिष्टता (फास्ट ट्रयाक) को आधारमा प्राध्यापक, सह प्राध्यापक र उपप्राध्यापक नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार