Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौँ ग्लोवल स्कुलद्वारा एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

काठमाडौँ ग्लोवल स्कुलद्वारा एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

  • 2.4K
    SHARES

  • काठमाडौँ ग्लोवल स्कुलद्वारा एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

    काठमाडौँ, साउन ३। काठमाडौँ ग्लोवल स्कुलले एसईई परीक्षा २०८१ मा सहभागी भई सफल भएका विद्यार्थीहरूलाई सम्मान तथा बिदाइ गर्ने उद्देश्यले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा यही २०८२ साउन ३ गते शनिवारका दिन लर्ड पार्टी भेन्यु, सामाखुसीमा भव्य कार्यक्रम सम्पन्न गरेको छ।

    IMG-20250722-WA0003.jpg

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौँका प्रमुख श्री समन्तमणि आचार्य रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक प्रधानाध्यापक श्री मनोज आचार्यले गर्नुभएको थियो।

    सम्मान तथा बिदाइ कार्यक्रममा विद्यालयका निर्देशक दुर्गाप्रसाद न्यौपाने, कार्यक्रम संयोजक दीपक भण्डारी, विद्यालय सुपरिवेक्षक रामप्रसाद पाण्डे, अतिरिक्त क्रियाकलाप संयोजक सनम सापकोटा, माध्यमिक तह संयोजक युवराज काफ्ले, निम्न माध्यमिक तह संयोजक जिनी गौतम, प्राथमिक तह संयोजक शर्मिला थापा मगर, विभिन्न विषयका विभागीय प्रमुखहरू, शिक्षक/ कर्मचारी, एसईई उत्तीर्ण विद्यार्थीहरू र तिनका अभिभावकहरू समेत कार्यक्रमको गरिमामय उपस्थितिमा सहभागी थिए।

    IMG-20250722-WA0005.jpg

    कार्यक्रमको शुभारम्भ सभापति, प्रमुख अतिथि र विद्यालय निर्देशकले संयुक्त रूपमा पानसमा दीप प्रज्ज्वलन गरी गर्नु भएको थियो। औपचारिक कार्यक्रम शिक्षक तिला पौडेल र माया विक तला अनौपचारिक कार्यक्रम कक्षा १० का विद्यार्थीहरू भिजन रसाइली र चिनारी पाण्डेले सञ्चालन गरेका थिए।

    IMG-20250722-WA0011.jpg

    विद्यालयका निर्देशक दुर्गाप्रसाद न्यौपानेले आफ्नो मन्तव्यमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाईज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्नुका साथै सफलताका सूत्रहरू प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूको आकर्षक नृत्य, सङ्गीत र मनोरञ्जनात्मक प्रस्तुतिले माहोललाई झनै रमाइलो बनाएको थियो। विद्यार्थीहरूका तर्फबाट डिविन पाण्डे, अभ्निया श्रेष्ठ र कृञ्जल प्रसाईले मन्तव्य राख्दै विद्यालय, शिक्षक र अभिभावकप्रति कृतज्ञता प्रकट गरेका थिए। डिविनले विद्यालय र शिक्षकहरूको प्रशंसा गरेका थिए भने अभ्नियाले आगामी वर्ष एसईई दिने भाइबहिनीलाई सफलताको शुभकामना व्यक्त गरिन् । त्यसै गरी कृञ्जलले प्रत्येक शिक्षकप्रति आभार व्यक्त गर्दै सम्मान व्यक्त गरेकी थिइन् । कार्यक्रमको आयोजक कक्षा १० का विद्यार्थीका तर्फबाट पूर्व हेड गर्ल अलिशा चौलागाईँले स्वागत मन्तव्य दिएकी थिइन्।

    IMG-20250722-WA0002.jpg

    एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई सभापति, प्रमुख अतिथि र विद्यालय निर्देशकबाट विशेष सम्मान प्रदान गरिएको थियो। साथै विद्यालयको प्रगति र सफलताका लागि निरन्तर योगदान गर्ने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।

    प्रमुख अतिथि श्री समन्तमणि आचार्यले विद्यालयले छोटो समयमै हासिल गरेको प्रगति प्रशंसायोग्य रहेको उल्लेख गर्दै अझ उच्चस्तरको शैक्षिक उचाइ प्राप्त गरोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो। विद्यालयको निमन्त्रणा र न्यानो सम्मानप्रति उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो।

    IMG-20250722-WA0012.jpg

    कार्यक्रमको समापन गर्दै सभापति तथा संस्थापक प्रधानाध्यापक श्री मनोज आचार्यले विद्यालयको सफलतालाई सम्भव बनाउने विद्यार्थी, शिक्षक, अभिभावक र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै सबैलाई बधाई तथा धन्यवाद दिनुभयो। प्रमुख अतिथिको उपस्थितिप्रति आभार व्यक्त गर्दै अभिभावक, विद्यार्थी र शिक्षक तथा कर्मचारीहरूको अनवरत प्रयासकै कारण विद्यालय छोटो अवधिमै अग्रणी बन्न सफल भएको धारणा व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

    IMG-20250722-WA0004.jpg

    IMG-20250722-WA0006.jpg

    images
    मंगलवार, श्रावण ७ २०८२०७:०१:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार