Oct 03 2026 | २०८३, आश्विन १७ गते

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्दै

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्दै

  • 392
    SHARES

  • तिलगंगा नेत्र विश्वविद्यालय विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्दै

    साउन, ९ गते/ काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    प्रतिनिधिसभाको बैठक आज बस्ने बैठकमा ‘राष्ट्रियसभाबाट पारित तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ।

    उक्त विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो र चैत ४ गते पारित गरिएको थियो।

    तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी यो विधेयकले आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान प्रवर्द्धन गर्ने, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्ने तथा नवीनतम प्रविधिको विकास र विस्तारमार्फत आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने उद्देश्य राखेको छ।

    FB_IMG_1753408593253.jpg

    images
    शुक्रवार, श्रावण १० २०८२०८:३४:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार