शुक्रवार, श्रावण १० २०८२
साउन, ९ गते/काठमाडौँ। एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको सहिद शिक्षक स्मृति केन्द्र भवन सीतापाइलामा निर्माण सम्पन्न भएको छ।
उक्त भवन भोलि शनिवार बिहान १० बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा शिक्षा समितिका सदस्यहरू तथा शिक्षक नेतृत्वहरूको पनि सहभागिता रहने जनाइएको छ। कार्यक्रमको मूल नाराका रूपमा ‘डिजिटल शिक्षा, शिक्षक र शिक्षण-गुणस्तरीय शिक्षाको आधार’ तथा ‘संघीय शिक्षा ऐन निर्माण र कार्यान्वयन संगठनको कार्यभार’ प्रस्तुत गरिएको छ।
उद्घाटन पश्चात् स्वयम्भूस्थित स्टार ब्याङ्क्वेटमा बृहत् प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने एकीकृत अखिल नेपाल शिक्षक संगठनले जानकारी दिएको छ ।