बुधवार, भाद्र १८ २०८२
भदौ, १८ गते/ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा भाग लिन Online आवेदन फाराम खुला गरेको छ।
वि.सं. २०८१ साल वाषाढ १ गतेदेखि २०८२ साल जेष्ठ ३१ गते तदनुसार सन् 15th June 2024 to 14 June 2025 सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले मात्र फाराम भर्न पाउने सुचनामा उल्लेख छ।
दीक्षान्त समारोहमा भाग लिन माथि उल्लेख भए बमोजिमका तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका इच्दुक विद्यार्थीहरुले त्रि वि परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा मिति २०८२ माल भाद्र १८ गतेदेखि २०८२ साल आश्विन ३१ गतेसम्म अनलाइन आवेदन भर्न सकिने छ। आवेदन फारम मिति २०८२ साल भाद्र १८ गतेदेखि Online बाट मात्र भर्न सकिनेछ ।
आवेदन भर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालयको Website - student.tuexam.edu.np मा गई Online Form भर्न सकिनेछ। २०८२ साल आश्विन ३१ गते पछि सो Online Form बन्द हुनेछ ।
