Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट परिवर्तन

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट परिवर्तन

  • 384
    SHARES

  • त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट परिवर्तन

    २९, कार्तिक/काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आफ्नो पुरानो वेबसाइट परिवर्तन गरी नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ।

    यससंगै अब परीक्षा सम्बन्धी सबै सूचना मिति २०८२ कात्तिक २८ गते देखि नयाँ वेबसाइट https://exam.tu.edu.np मार्फत प्रकाशित गरिने विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    हाल प्रयोगमा रहेको पुरानो वेबसाइट http://tuexam.edu.np लाई भने अझै एक महिनासम्म यथावत सञ्चालनमा राखिने छ। यस अवधिमा पुरानो र नयाँ दुवै वेबसाइटमार्फत सूचना तथा सेवा हेर्न सकिनेछ। एक महिना पूरा भएपछि भने परीक्षा सम्बन्धी सम्पूर्ण सूचना र सेवाहरू केवल नयाँ वेबसाइटबाट मात्र प्रकाशित हुने जनाइएको छ।

    1763167816418.jpg

    images
    शनिवार, कार्तिक ३० २०८२०६:३८:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार