Oct 03 2026 | २०८३, आश्विन १७ गते

गोकर्णेश्वर लाइट एकेडेमी (जिएलए) क्विज मेनिया सिजन चारको उपाधी कौसल स्कुललाई

गोकर्णेश्वर लाइट एकेडेमी (जिएलए) क्विज मेनिया सिजन चारको उपाधी कौसल स्कुललाई

  • 457
    SHARES

  • गोकर्णेश्वर लाइट एकेडेमी (जिएलए) क्विज मेनिया सिजन चारको उपाधी कौसल स्कुललाई

    काठमाडौँ। गोकर्णेश्वर लाइट एकेडेमी (GLA) ले आयोजना गरेको उपत्यकास्तरीय अन्तर–विद्यालय GLA Quiz Mania Season–4 सम्पन्न भयो। शुक्रवार काठमाडौँ उपत्यकाका ४२ विद्यालयको सहभागितामा उक्त प्रतियोगिता शुक्रबार अत्यन्त उत्साहपूर्वक प्रतिस्पर्धात्मक ढंगले सम्पन्न भएको हो।

    IMG-20251213-WA0049.jpg

    प्रतियोगिताको फाइनल चरणमा कौशल इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै उपाधि जित्यो । त्यस्तै ग्रीन भिलेज एजुकेसन फाउन्डेसन द्वितीय र वीट्च (Witz) किड्स स्कुल तृतीय स्थानहासिल गरे। प्रतियोगितामा फुलब्राइट स्कुल, हिम रश्मी हाइ स्कुल र गोठाटार इङ्लिस सेकेण्डरी स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरे।

    FB_IMG_1765682968658~2.jpg

    प्रतियोगितामा सहभागी विद्यालयहरूलाई ६ समूहमा विभाजन गरी प्रारम्भिक चरण सञ्चालन गरिएको थियो। तत्पश्चात उत्कृष्ट १८ टिम सेमी–फाइनलमा प्रवेश गरेका थिए। शनिबार सम्पन्न सेमी–फाइनलबाट ६ टिम फाइनल चरणमा पुगेका थिए।

    FB_IMG_1765683007977~2.jpg

    विजेता टिमलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। भने फाइनल चरणमा पुगेका सबै ६ टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरियो। साथै प्रतियोगितामा सहभागी सबै विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो।

    उक्त प्रतियोगितामा अडियन्सतर्फबाट धेरै प्रश्नको सही उत्तर दिने मिनिल्यान्ड स्कुलका रिदम पुडासैनी र वीट्च किड्स स्कुलका आर्यन पुडासैनी विशेष रूपमा पुरस्कृत भए।

    FB_IMG_1765682980631~2.jpg

    कार्यक्रमका सभापति तथा GLA का प्रिन्सिपल सौर्यनाथ आचार्यले Quiz Mania अब उपत्यकामा सीमित नरहने स्पष्ट पार्दै आगामी GLA Quiz Mania Season–5 राष्ट्रिय स्तरमा आयोजना गरिने घोषणा गरे। “विद्यार्थीको बौद्धिक क्षमता, आत्मविश्वास र उत्साह देख्दा हामीलाई यो प्रतियोगितालाई राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्ने हौसला मिलेको बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि प्याब्सन केन्द्रीय सह–अध्यक्ष गोपाल आचार्यले Quiz Mania लाई विद्यार्थीको सोच्ने शैली परिवर्तन गर्ने शैक्षिक अभियानको संज्ञा दिँदै यस्ता प्रतियोगिताले व्यवहारिक र विश्लेषणात्मक शिक्षा प्रवर्द्धन गर्ने बताउनुभयो।

    IMG-20251213-WA0046.jpg

    कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन काठमाडौँ अध्यक्ष नवराज भट्टले विद्यालय तहदेखि नै यस्ता गुणस्तरीय र प्रतिस्पर्धात्मक कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

    त्यस्तै काठमाडौँ जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत दुर्गा बहादुर भुजेलले विद्यार्थीहरुले पाठ्यपुस्तक केन्द्रित शिक्षाभन्दा बाहिर निस्केर विद्यार्थीलाई सिर्जनशील र आत्मनिर्भर बनाउने गतिविधिमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

    कार्यक्रममा प्याब्सन काठमाडौँका उपाध्यक्ष सुर्य बहादुर केसि, सुर्य बहादुर भण्डारि, धन पुन, आरबी अधिकारी, सचीव कृष्ण भण्डारी, सहसचिव शिव अर्याल, दिनेश पाण्डे, काठमाडौँ मनाहगर अध्यक्ष गगन सिंह ऐर कागेस्वरिका अध्यक्ष - कृष्ण गौतम लगाएत प्याब्सनका जिल्ला, नगर पदाधिकारी तथा सदस्यहरु र निसानका पदाधिकारी तथा सदस्यहरु तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

    FB_IMG_1765683007977~2.jpg

    GLA Quiz Mania विद्यार्थीको प्रतिभा, मेहनत र सम्भावनालाई उजागर गर्ने ‘एकेडेमिक फेस्टिभल’ बनेको छ। यस प्रतियोगिताले विद्यार्थीमा ज्ञान, प्रतिस्पर्धात्मक भावनाको बिकास गरेको आयोजकको भनाई छ।

    images
    आइतवार, मंसिर २९ २०८२०९:१३:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार