Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षा ऐन र नियमावली ल्याउन अवरोध नगरियोस् : शिक्षामन्त्री पुन

शिक्षा ऐन र नियमावली ल्याउन अवरोध नगरियोस् : शिक्षामन्त्री पुन

  • 444
    SHARES

  • शिक्षा ऐन र नियमावली ल्याउन अवरोध नगरियोस् : शिक्षामन्त्री पुन

    ३०, पुस/ काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूले प्रस्ताव गरेको शिक्षासम्बन्धी ऐन र शिक्षा नियमावली ल्याउन कानुन तेर्स्याएर असफल नपारिदिन आग्रह गरेका छन् । मन्त्र पुनले पुस २५, ३० तथा माघ १ र २ गरी चार दिनको समयसीमा उल्लेख गर्दै मन्त्री पुनले यस प्रक्रियालाई असफल पार्ने कुनै पनि प्रयास नगर्न आग्रह गरेका हुन्।

    मन्त्री पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै आफूले अघि सारेको दूरदृष्टि (भिजन) कानुनी जटिलताका कारण अवरुद्ध नहोस् भन्ने कामना व्यक्त गरे।

    ‘मैले प्रस्ताव गरेको ऐन र शिक्षा नियमावली ल्याउने समय अब सीमित छ। यसलाई कसैले पनि कानुन तेर्स्याएर असफल नपारिदिन विनम्र अनुरोध गर्दछु,’ उनले उल्लेख गरेका छन्।

    उनले आफूले अघि सारेको सुधारमुखी दृष्टिकोणलाई कानुनले नै नछेकून् भन्ने अपेक्षा व्यक्त गर्दै अन्तिम घडीसम्म पर्खने स्पष्ट पारेका छन्। मन्त्री पुनको यो अभिव्यक्ति शिक्षा क्षेत्रमा व्यापक सुधारको बहस चलिरहेका बेला आएको हो।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार