Aug 13 2026 | २०८३, श्रावण २८ गते

विदेशी सम्बन्धन कलेजको ठगीविरुद्ध क्रान्तिकारी; १५ दिनभित्र कारबाही नगरे कडा संघर्ष गर्ने

विदेशी सम्बन्धन कलेजको ठगीविरुद्ध क्रान्तिकारी; १५ दिनभित्र कारबाही नगरे कडा संघर्ष गर्ने

  • 358
    SHARES

  • विदेशी सम्बन्धन कलेजको ठगीविरुद्ध क्रान्तिकारी; १५ दिनभित्र कारबाही नगरे कडा संघर्ष गर्ने

    काठमाडौं, माघ ८ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालमा सञ्चालन भइरहेका विदेशी सम्बन्धनप्राप्त कलेजहरूले शिक्षाको नाममा संगठित ठगी र शोषण गरिरहेको आरोप लगाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज ज्ञापनपत्र पेश गरेको छ ।

    २०५९ सालमा मन्त्रिपरिषद्बाट जारी गरिएको विदेशी शिक्षण संस्थासम्बन्धी निर्देशिकालाई अवैधानिक र शैक्षिक माफियामैत्री भएको दाबी गर्दै संगठनले सोही निर्देशिकाको आडमा विद्यार्थी ठगी र मानव तस्करीसम्म भइरहेको जनाएको छ ।

    शिक्षा सचिव चूडामणि पौडेललाई पेश गरिएको ज्ञापनपत्रमा विदेशी कलेजहरूले प्रति विद्यार्थी लाखौँ रुपैयाँ असुल्ने, भ्रमपूर्ण सम्बन्धनका नाममा अवैध कार्यक्रम सञ्चालन गर्ने, छात्रवृत्ति नदिने, पीडित विद्यार्थीलाई धम्की दिने तथा विद्यार्थीलाई विदेश पठाएर श्रम शोषणमा फसाउने जस्ता गतिविधि गरिरहेको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयले समेत अवैध प्रमाणपत्रलाई गैरकानुनी रूपमा समकक्षता प्रदान गरी अपराधलाई संरक्षण गरेको आरोप ज्ञापनपत्रमा लगाइएको छ ।

    संगठनका अध्यक्ष विरेन्द्र शाहको नेतृत्वमा शिक्षा सचिवलाई ज्ञापनपत्र पेश गर्दै १५ दिनको अल्टिमेटम सहित तथाकथित विदेशी सम्बन्धनको नाममा सञ्चालित द ब्रिटिस कलेजको अनुमति खारेज गरी सञ्चालकमाथि कारबाही गर्न, विदेशी सम्बन्धन कलेज र संलग्न व्यक्तिहरूको छानबिनका लागि विद्यार्थी सहभागितासहित उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।

    साथै, अवैधानिक निर्देशिका खारेज गरी वैधानिक कानुन नबनुन्जेल नयाँ भर्ना रोक्नुपर्ने, QAA नपाएका तथा मापदण्ड विपरीत सञ्चालित कलेज बन्द गर्नुपर्ने र विदेशी सम्बन्धन कलेजमा अध्ययनरत विद्यार्थीहरूको भविष्य सुरक्षित गर्नुपर्ने माग राखिएको छ ।

    ज्ञापनपत्र पेश गर्न संगठनका तर्फबाट अध्यक्ष विरेन्द्र शाह, उपाध्यक्ष रुपा बुढा मगर, सचिव डिबि शाही र हरि बिष्ट कोषाध्यक्ष कमला परिवार लगायत नेताहरू र द ब्रिटिस कलेजबाट पीडित विद्यार्थीहरू प्रियंका नेपाल, सजिना खड्का लगायतले मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

     

    1000191279.jpg1000191282.jpg

    images
    शुक्रवार, माघ १० २०८२०६:४२:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार