Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविद्वारा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन

त्रिविद्वारा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन

  • 421
    SHARES

  • त्रिविद्वारा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ।

    विश्वविद्यालय रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाले आइतवार एक सूचना जारी गर्दै मिति २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग, नेपालबाट स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्न निर्देश दिएको हो।

    सूचनाअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम २०८२ साल माघ ४ गते राति १२:०० बजेदेखि निर्वाचन आयोगबाट अर्को सूचना प्रकाशित नभएसम्म निर्वाचन आचारसंहिता लागू रहनेछ।

    यस अवधिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीले निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने कुनै पनि गतिविधि नगर्नु तथा नगराउनु भनी विश्वविद्यालयले स्पष्ट निर्देशन दिएको छ। 

    FB_IMG_1770551244754.jpg

    images
    आइतवार, माघ २६ २०८२०५:४०:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार