Aug 13 2026 | २०८३, श्रावण २८ गते

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा ६ हजार ६२२ विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा ६ हजार ६२२ विद्यार्थी दीक्षित

  • 383
    SHARES

  • पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा ६ हजार ६२२ विद्यार्थी दीक्षित

    पोखरा, फागुन ९। पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह आज पोखरामा सम्पन्न भएको छ। समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी ६ हजार ६२२ विद्यार्थी औपचारिक रूपमा दीक्षित भएका छन्।

    दीक्षान्त समारोहका अवसरमा विभिन्न संकायमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने मेधावी विद्यार्थीहरूलाई पदक तथा पुरस्कार प्रदान गरिएको थियो। व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी, स्वास्थ्य विज्ञान लगायतका विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू सम्मानित भएका हुन्।

    FB_IMG_1771638283325.jpg

    समारोहलाई सम्बोधन गर्दै कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम क्रमशः सन्दर्भहीन बन्दै जाने बताइन्। उनले आर्जित ज्ञान, सीप र अनुभवलाई मुलुकको समृद्धि र विकासमा उपयोग गर्न दीक्षित विद्यार्थीहरूलाई अनुरोध गरिन्।

    दीक्षित हुनुलाई शैक्षिक यात्राको समापनका रूपमा नभई जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानविन्दुका रूपमा लिनुपर्नेमा जोड दिँदै उनले परिवर्तनलाई आत्मसात गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्न आग्रह गरिन्।

    समारोहमा बोल्दै उनले ठूलो सङ्ख्यामा युवाहरू विदेशतर्फ आकर्षित हुनु साझा चिन्ताको विषय रहेको उल्लेख गर्दै यसको कारण र समाधान खोज्ने जिम्मेवारी विश्वविद्यालयहरूको पनि भएको बताइन्। दीक्षान्त समारोहले विद्यार्थीहरूको शैक्षिक यात्राको एक महत्वपूर्ण चरण पूरा गरेको जनाउँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।

    images
    शनिवार, फाल्गुण ९ २०८२०७:२८:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार