Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थी उद्यमशीलता र रोजगारीका लागि विश्व बैंक र एडीबीसँग छलफल

विद्यार्थी उद्यमशीलता र रोजगारीका लागि विश्व बैंक र एडीबीसँग छलफल

  • 372
    SHARES

  • विद्यार्थी उद्यमशीलता र रोजगारीका लागि विश्व बैंक र एडीबीसँग छलफल

    काठमाडौं, चैत २ — त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (TUBIC) ले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा उद्यमशीलता विकास गरी देशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग छलफल गरेको छ।

    किर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा आयोजित उक्त छलफलमा विश्व बैंक (World Bank), एशियाली विकास बैंक (ADB), नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोग तथा निजी क्षेत्रका संस्था डोल्मा कन्सल्टेन्सी लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल ले विद्यार्थीहरूलाई उत्पादनशील, दक्ष र सक्षम बनाउन पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँले भौतिक पूर्वाधार विकासका लागि सरकार तथा दातृ निकायसँग सहकार्यको अपेक्षा गरिएको र उद्यमशीलतामा ख्याति प्राप्त अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य विस्तार गर्ने प्रयास भइरहेको बताउनुभयो।

    FB_IMG_1773714041134.jpg

    त्यस्तै, शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी. ले विश्वविद्यालयको प्राज्ञिक सामर्थ्य प्रस्तुत गर्दै विद्यार्थीलाई सिपमूलक र उद्यमशील बनाउनेतर्फ केन्द्रित प्रयास भइरहेको धारणा व्यक्त गर्नुभयो। व्यवसाय इन्क्युबेसन केन्द्रका निर्देशक प्रा.डा. ताराप्रसाद भुसाल ले केन्द्रले उद्यमशीलता प्रवर्द्धन तथा सिपमूलक व्यवसाय विकासका लागि गरेका पहलहरूबारे प्रस्तुतीमार्फत जानकारी गराउनुभयो। उहाँका अनुसार देशमा करिब २२ प्रतिशत युवा बेरोजगार छन् भने समग्र बेरोजगारी दर १२.६ प्रतिशत रहेको छ। साथै, कुल ग्राहस्थ उत्पादनको २६.६ प्रतिशत विप्रेषणमा आधारित रहेको उल्लेख गर्दै उद्यमशीलता विकासमार्फत देशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन पहल थालिएको बताउनुभयो।

    कार्यक्रममा विश्व बैंकका प्रतिनिधि Sachiko Kataoka ले उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य, दिगो लगानी र प्रविधिको प्रयोगमा जोड दिनुभयो। त्यस्तै, एडीबीका प्रतिनिधि Jian Xu ले व्यवसाय इन्क्युबेसन केन्द्रका गतिविधि यथार्थमा आधारित बनाउँदै आवश्यकताअनुसार लगानी योजना तय गर्न सुझाव दिनुभयो।

    यसैगरी, Joseph Silvanus (डोल्मा कन्सल्टेन्सी), जुना माथेमा र सुभेच्छ भण्डारी (FNCCI), तथा निरज धिताल (विश्वविद्यालय अनुदान आयोग) लगायतले उद्यमशीलता प्रवर्द्धनका लागि संस्थागत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमको संयोजन त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. विष्णुप्रसाद पाण्डे ले गर्नुभएको थियो।

    images
    मंगलवार, चैत्र ३ २०८२०८:०५:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार