सोमवार, बैशाख १४ २०८३
काठमाडौँ, सिंहदरबार । माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ महामहिम राजदूत चाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सोमवार सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–चीनबीच शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा भइरहेको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा विशेषगरी विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको विस्तार, तथा शिक्षा क्षेत्रको संस्थागत विकासलगायतका समसामयिक विषयमा गहन छलफल भएको थियो ।
दुवै पक्षले आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा निरन्तर सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।