Aug 13 2026 | २०८३, श्रावण २८ गते

त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी संगठनको मार्चपास

त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी संगठनको मार्चपास

  • 616
    SHARES

  • त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी संगठनको मार्चपास

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी संगठनहरूले सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्दै मार्चपास गरेका छन्। विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन्।

    त्रिभुवन विश्वविद्यालयको घण्टाघरदेखि टीयू गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारप्रति असन्तुष्टि जनाएका थिए। प्रदर्शनका क्रममा ‘लोकतन्त्रको रक्षा गर’, ‘विद्यार्थी अधिकार सुनिश्चित गर’ जस्ता नाराहरू घन्किएका थिए।

    FB_IMG_1777362994188.jpg

    आन्दोलनरत विद्यार्थीहरूको भनाइमा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको छ। उनीहरूले यसलाई नागरिक अधिकारमाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्।

    विद्यार्थी नेताहरूले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। साथै, उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थामा सुरक्षा पोष्ट राख्ने निर्णय कार्यान्वयन नगर्न र योग्यता प्रणाली (मेरिटोक्रेसी) लागू गर्न आग्रह गरेका छन्।

    Screenshot_2026-04-28-13-39-56-50_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    यस्तै, विद्यार्थीहरूलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुट यथावत् कायम गर्न तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सम्बन्धी निर्णयहरू पनि पुनर्विचार गर्नुपर्ने माग गरिएको छ।

    यस प्रदर्शनले विश्वविद्यालय क्षेत्रमा विद्यार्थी अधिकार, लोकतान्त्रिक अभ्यास र सरकारी नीतिप्रति असन्तुष्टि चुलिँदै गएको संकेत गरेको छ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार