Aug 13 2026 | २०८३, श्रावण २८ गते

आठ वटा विश्वविद्यालयमा उपकुलपति पदको लागि दरखास्त आह्वान

आठ वटा विश्वविद्यालयमा उपकुलपति पदको लागि दरखास्त आह्वान

  • 410
    SHARES

  • आठ वटा विश्वविद्यालयमा उपकुलपति पदको लागि दरखास्त आह्वान

    काठमाडौँ — विभिन्न आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ। समितिले पहिलो पटक २०८३ साल जेठ २५ गते सूचना प्रकाशन गरेको हो ।

    उक्त समितिले २०८३ साल जेठ २४ गते स्वीकृत 'विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन माग गरेको हो।

    कुन कुन विश्वविद्यालयमा रिक्तता?

    निम्न विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन मागिएको छ:

    · त्रिभुवन विश्वविद्यालय

    · पूर्वाञ्चल विश्वविद्यालय

    · पोखरा विश्वविद्यालय

    · लुम्बिनी बौद्ध विश्वविद्यालय

    · कृषि तथा वन विज्ञान विश्वविद्यालय

    · मध्यपश्चिम विश्वविद्यालय

    · सुदूरपश्चिम विश्वविद्यालय

    · राजर्षि जनक विश्वविद्यालय

    आवेदन दिने अन्तिम मिति : 

    इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रथम प्रकाशित भएको मिति (२०८३ जेठ २५ गते) देखि १० (दश) दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्कमा गई अनलाइन दरखास्त दिन सक्नेछन्।

    कार्यविधि उपलब्ध

    उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। इच्छुक उम्मेदवारलाई विस्तृत योग्यता तथा अन्य जानकारीका लागि उक्त कार्यविधि अध्ययन गर्न सुझाइन्छ।

    FB_IMG_1778208653490.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार