Aug 13 2026 | २०८३, श्रावण २८ गते

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. सुशिल बहादुर बज्राचार्यलाई

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. सुशिल बहादुर बज्राचार्यलाई

  • 461
    SHARES

  • त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. सुशिल बहादुर बज्राचार्यलाई

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन Prof. Dr. सुशील बहादुर बज्राचार्यलाई दिइएको छ ।

    प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले वैशाख ३० गतेको निर्णयअनुसार प्रा.डा. बज्राचार्यलाई दैनिक कार्य सञ्चालन गर्नेगरी निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको हो ।

    उहाँले डीनको जिम्मेवारीसमेत सम्हाल्ने बताइएको छ । जिम्मेवारी पाएपछि प्रा.डा. बज्राचार्यले बिहीबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदबहाली गर्नुभएको छ । विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिन उहाँलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ ।

    images
    बिहिवार, बैशाख ३१ २०८३०५:१५:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार