मंगलवार, जेठ ५ २०८३
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डीन कार्यालयअन्तर्गत सञ्चालित ग्राजुयट स्कूल अफ एजुकेसन, कीर्तिपुरले दर्शनाचार्य (एम.फिल.) तहमा नयाँ भर्नाका लागि आवेदन खुला गरेको छ।
डीन कार्यालयद्वारा जारी सूचनाअनुसार शैक्षिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन हुने दर्शनाचार्य एकीकृत कार्यक्रमको २३औं ब्याचमा अध्ययनका लागि प्रत्यक्ष तथा अनलाइन (Blended Mode) माध्यमबाट अध्यापन गरिने व्यवस्था गरिएको छ। इच्छुक विद्यार्थीहरूले २०८३ जेठ ०६ गतेदेखि २०८३ असार १० गतेभित्र आवेदन शुल्क बुझाई भर्ना फाराम भर्न सक्नेछन्।
