शनिवार, आषाढ २७ २०८३
काठमाडौं, असार २७। काठमाडौंको बाफलस्थित बर्नहार्ट कलेजमा ‘बर्नहार्ट समर फेस्ट २०२६’ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। इभेन्ट क्लब (NEC) को आयोजनामा सम्पन्न फेस्टमा स्वास्थ्य सेवा, सांस्कृतिक प्रस्तुति, मनोरञ्जन र विद्यार्थीहरूको सिर्जनशीलतालाई केन्द्रमा राखेर विविध कार्यक्रम सञ्चालन गरिएको थियो।

फेस्टअन्तर्गत रक्तदान कार्यक्रम, निःशुल्क दन्त स्वास्थ्य शिविर, विभिन्न फुड तथा ड्रिन्क्स स्टल, क्रियटिभ स्टल, खेल तथा मनोरञ्जनात्मक गतिविधि, लाइभ ब्यान्ड, ALIVE MUSIC तथा आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्वास्थ्य सेवासँगै मनोरञ्जन र सिर्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रममा बर्नहार्ट कलेजका अध्यक्ष भुपेश छत्कुली, शैक्षिक सल्लाहकार प्रा. डा. नारायण प्रसाद चापागाईं, प्रबन्ध निर्देशक नवराज अधिकारी, कार्यकारी निर्देशक तथा बर्नहार्ट सेकेन्डरी स्कुलका प्रिन्सिपल पुरुषोत्तम बिष्ट, क्याम्पस प्रमुख सहदेव सिग्देल, प्रशासन प्रमुख रामचन्द्र थापा तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।
फेस्टमा काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सांगीतिक प्रस्तुति, नृत्य, खेलकुद, सिर्जनात्मक प्रदर्शनी तथा सामाजिक सेवामूलक गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सिर्जनशील सोच, सामाजिक उत्तरदायित्व र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै बर्नहार्ट कलेजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



