Aug 13 2026 | २०८३, श्रावण २८ गते

समकक्षताका लागि त्रिवि धाउनु नपर्ने, अब यूजीसीबाटै अनलाइन सेवा

समकक्षताका लागि त्रिवि धाउनु नपर्ने, अब यूजीसीबाटै अनलाइन सेवा

  • 186
    SHARES

  • समकक्षताका लागि त्रिवि धाउनु नपर्ने, अब यूजीसीबाटै अनलाइन सेवा

    २१ साउन, काठमाडौं । विदेशबाट पढेर आएका विद्यार्थीले शैक्षिक उपाधिको समकक्षता लिन अब त्रिभुवन विश्वविद्यालय धाउनु नपर्ने भएको छ। विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले समकक्षता सेवा आफ्नो जिम्मामा लिएर अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ ।

    यसअघि त्रिभुवन विश्वविद्यालयले दिँदै आएको सेवा कानुनी व्यवस्थाअनुसार २०८३ साउन १ गतेदेखि यूजीसीमा हस्तान्तरण भएको हो ।

    यूजीसीले साउन ६ गतेदेखि अनलाइन आवेदन दर्ता सुरु गरेको छ । विद्यार्थीले अनलाइनबाटै आवेदन दिन, शुल्क तिर्न र प्रक्रिया पूरा भएपछि डिजिटल समकक्षता प्रमाणपत्र लिन सक्नेछन् ।

    समकक्षता सेवासम्बन्धी नियमावली भने अझै स्वीकृतिको प्रक्रियामा छ । नियमावली स्वीकृत नभएसम्म त्रिभुवन विश्वविद्यालयले प्रयोग गर्दै आएको कार्यप्रक्रिया, आधार र मापदण्डअनुसार त्रिविकै सहकार्यमा सेवा सञ्चालन भइरहेको यूजीसीले जनाएको छ ।

    आयोगका अनुसार समकक्षताका लागि प्राप्त आवेदनको प्रमाणीकरण प्रक्रिया सुरु भइसकेको छ । साउन २० गतेदेखि विद्यार्थीले समकक्षता शुल्क भुक्तानी गर्न थालेका छन् ।

    नयाँ प्रणालीमा हालसम्म ३ हजार १६२ प्रयोगकर्ता दर्ता भएका छन् भने करिब एक हजार आवेदन प्रक्रिया अघि बढिसकेको आयोगले जनाएको छ । यूजीसीले नयाँ अनलाइन प्रणालीले समकक्षता सेवा छिटो, सहज र पारदर्शी बनाउने अपेक्षा गरेको छ ।

    images
    बिहिवार, श्रावण २१ २०८३०४:१९:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार