Aug 12 2026 | २०८३, श्रावण २७ गते

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको NOC सेवा अब डिजिटल प्रणालीमार्फत

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको NOC सेवा अब डिजिटल प्रणालीमार्फत

  • 104
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको NOC सेवा अब डिजिटल प्रणालीमार्फत

    काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीले विदेश अध्ययनका लागि लिनुपर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) सेवा अब डिजिटल प्रणालीमार्फत उपलब्ध हुने भएको छ। यससम्बन्धी सेवा थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच द्विपक्षीय समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

    समझदारीअनुसार विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई विदेश अध्ययनका लागि आवश्यक पर्ने NOC प्राप्त गर्ने प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ। यसबाट विद्यार्थीले NOC सेवाका लागि अपनाउनुपर्ने प्रक्रियालाई सहज बनाउनुका साथै सेवा प्रवाहलाई थप पारदर्शी र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    समझदारी–पत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. किसनदत्त भट्ट र शिक्षा तथा खेलकुद मन्त्रालयका सह–सचिव श्रीप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका सहायक प्रशासन प्रमुख नवीनबहादुर बम तथा मन्त्रालयका सूचना प्रविधि निर्देशक सलिना डंगोल रोहवरका रूपमा उपस्थित थिए।

    विदेश अध्ययनका लागि जाने विद्यार्थीको संख्या बढ्दै गइरहेको अवस्थामा NOC सेवा डिजिटल प्रणालीमा जोडिनुले विद्यार्थीलाई सेवा लिन सहज हुने तथा मन्त्रालय र विश्वविद्यालयबीच आवश्यक शैक्षिक विवरण आदानप्रदानलाई समेत व्यवस्थित बनाउने विश्वास गरिएको छ। डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्दा कागजी प्रक्रियामा हुने झन्झट घट्नुका साथै विद्यार्थीको समय र श्रम बचत हुने अपेक्षा गरिएको छ।

    images
    सोमवार, श्रावण २५ २०८३०३:५८:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार