Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविको बिआइटी प्रवेश परीक्षाको नतिजा परीक्षा सम्पन्न भएकै दिन सार्वजनिक

त्रिविको बिआइटी प्रवेश परीक्षाको नतिजा परीक्षा सम्पन्न भएकै दिन सार्वजनिक

  • 195
    SHARES

  • त्रिविको बिआइटी प्रवेश परीक्षाको नतिजा परीक्षा सम्पन्न भएकै दिन सार्वजनिक

    काठमाडौं । साउन ३१— त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ सालका लागि स्नातक तह सूचना प्रविधि (BIT) विषयको प्रवेश परीक्षाको नतिजा परीक्षा सम्पन्न भएकै दिन सार्वजनिक गरेको छ। प्रवेश परीक्षालाई प्रविधिमैत्री र व्यवस्थित बनाउँदै लगेको अध्ययन संस्थानले Optical Mark Recognition (OMR) प्रणालीबाट उत्तरपुस्तिका परीक्षण गरी एकै दिनमा नतिजा प्रकाशन गरेको हो।

    सूचना प्रविधि विषयमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको रोजाइमा रहेको BIT कार्यक्रममा देशभरका ७५६ सिटका लागि ३ हजार ५८१ विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये ३ हजार २२३ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए। विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत BIT कार्यक्रम त्रिभुवन विश्वविद्यालयका १५ वटा आंगिक क्याम्पसमा सञ्चालन हुँदै आएको छ। काठमाडौं उपत्यकाका चार क्याम्पसमा पाटन संयुक्त क्याम्पसमा १०८, भक्तपुर बहुमुखी क्याम्पसमा १०८, अमृत क्याम्पसमा ७२ र पद्मकन्या क्याम्पसमा ७२ सिट रहेका छन्।<>p BIT को प्रवेश परीक्षा देशभरका १४ परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो। उपत्यकाभित्र तीन र उपत्यकाबाहिर ११ वटा केन्द्रमा परीक्षा सञ्चालन गरिएको अध्ययन संस्थानले जनाएको छ। OMR प्रणालीबाट उत्तरपुस्तिका परीक्षण गरी परीक्षा सम्पन्न भएकै दिन नतिजा प्रकाशन गरिएको त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शंकरप्रसाद खनालले जानकारी दिनुभयो।

    अध्ययन संस्थानले प्रवेश परीक्षाको व्यवस्थापन र नतिजा प्रकाशन प्रक्रियालाई क्रमशः थप प्रभावकारी बनाउँदै लगेको छ। यसअघि साउन २४ गते सम्पन्न स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषयको प्रवेश परीक्षाको नतिजा पनि एकै दिनमा प्रकाशन गरिएको थियो।

    B.Sc. CSIT प्रवेश परीक्षामा ८ हजार २६ विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीको सहजताका लागि अध्ययन संस्थानले कर्णाली प्रदेशमा आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन नभए पनि सुर्खेतमा परीक्षा केन्द्र राखेको थियो।

    कर्णालीका विद्यार्थीलाई आफ्नै प्रदेश नजिकबाट प्रवेश परीक्षामा सहभागी हुने अवसर प्रदान गरिएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा. कोमलराज रिजालले जानकारी दिनुभयो।

    प्रवेश परीक्षाको नतिजा छिटो प्रकाशन गर्ने अभ्यासले विद्यार्थीलाई लामो समयसम्म नतिजा पर्खिनुपर्ने अवस्था घटाउनुका साथै भर्ना प्रक्रिया समयमै अघि बढाउन सहयोग पुग्ने देखिएको छ। परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्म प्रविधिको प्रयोग बढाउँदै लगिएसँगै त्रिविको प्रवेश परीक्षा प्रणाली थप व्यवस्थित र प्रभावकारी बन्न थालेको छ।

    images
    आइतवार, श्रावण ३१ २०८३०६:२४:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार