Oct 02 2026 | २०८३, आश्विन १६ गते

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रमको लागि आवेदन खुला

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रमको लागि आवेदन खुला

  • 221
    SHARES

  • पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रमको लागि आवेदन खुला

    काठमाडौं — पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो।

    अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारले आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ। आवेदन २०८३ भदौ ९ गतेसम्म दिन सकिनेछ।

    पीएचडी प्रवेश परीक्षा २०८३ भदौ १२ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ। प्रवेश परीक्षापछि हुने व्यक्तिगत अन्तर्वार्ताको मिति सोही दिन घोषणा गरिने विश्वविद्यालयले जनाएको छ।

    पीएचडी कार्यक्रममा आवेदन दिन ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।

    इन्जिनियरिङमा पीएचडी कार्यक्रम सुरु भएसँगै पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ क्षेत्रमा उच्च तहको अनुसन्धान तथा शैक्षिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले यसअघि सिभिल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, कम्प्युटर, सफ्टवेयर, सूचना प्रविधि तथा मेकानिकल इन्जिनियरिङलगायत स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    images
    मंगलवार, भाद्र २ २०८३०६:५०:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार