Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्राकृतिक विपत्तिको प्रभाव : त्रिवि व्यवस्थापन संकायका परीक्षा स्थगित

प्राकृतिक विपत्तिको प्रभाव : त्रिवि व्यवस्थापन संकायका परीक्षा स्थगित

  • 175
    SHARES

  • प्राकृतिक विपत्तिको प्रभाव : त्रिवि व्यवस्थापन संकायका परीक्षा स्थगित

    काठमाडौं, भदौ ११ । प्राकृतिक विपत्तिका कारण त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको परीक्षा स्थगित गरिएको छ। त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयले भोटेकोसीमा आएको बाढीका कारण सिर्जना भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै २०८३ भदौ ११ गते का लागि निर्धारित परीक्षा स्थगित गरेको जनाएको हो।

    स्थगित हुने परीक्षामा व्यवस्थापन संकायअन्तर्गत सञ्चालित MBS, MPA, MBA-F, MBA-CL, MBA-M, MBM, MHM, MTTM र MATS कार्यक्रमको तेस्रो सत्रको नियमित परीक्षा–२०२६ अन्तर्गतका विषयहरू रहेका छन्।

    कार्यालयका अनुसार भदौ ११ गतेका लागि निर्धारित विषयहरूको परीक्षा मात्र स्थगित गरिएको हो। स्थगित परीक्षाको नयाँ मिति यथाशीघ्र प्रकाशित गरिने जनाएको छ।

    संकायले सम्बन्धित विद्यार्थी तथा सरोकारवालालाई आगामी परीक्षा तालिकासम्बन्धी सूचनाका लागि डीनको कार्यालयबाट प्रकाशित हुने आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरेको छ।

    FB_IMG_1787761671696.jpg

    images
    बुधवार, भाद्र १० २०८३१०:१६:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार