Oct 02 2026 | २०८३, आश्विन १६ गते

सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति र प्रवेश परीक्षा स्थगित

सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति र प्रवेश परीक्षा स्थगित

  • 169
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति र प्रवेश परीक्षा स्थगित

    FB_IMG_1787793610658.jpgकञ्चनपुर । प्राकृतिक विपत्तिका कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका छात्रवृत्ति तथा प्रवेश परीक्षाहरू स्थगित गरेको छ।

    नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचना तथा देशमा प्राकृतिक विपत्तिबाट सिर्जित वर्तमान अवस्थालाई ध्यानमा राख्दै विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालन हुने तयारीमा रहेका छात्रवृत्ति सम्बन्धी परीक्षा र प्रवेश परीक्षा (Entrance Exams) अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।

    विश्वविद्यालयले एक सूचना जारी गर्दै स्थगित गरिएका परीक्षाहरूको नयाँ मिति तथा सञ्चालनसम्बन्धी जानकारी पछि प्रकाशित गरिने जनाएको छ। परीक्षा स्थगित भएपछि सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई विश्वविद्यालयबाट जारी हुने आगामी सूचनामा ध्यान दिन आग्रह गरिएको छ।

    images
    बिहिवार, भाद्र ११ २०८३०७:०७:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार