Oct 02 2026 | २०८३, आश्विन १६ गते

भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन

भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन

  • 224
    SHARES

  • भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन

    काठमाडौँ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिएको छ।

    शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिएका हुन्। विपद्का कारण भदौ १२ गते निर्धारित परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

    निर्देशनअनुसार विश्वविद्यालयहरूले स्थगित सबै परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्नुपर्नेछ। यस्तै, अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न भनिएको छ।

    विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क तथा समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ। प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्नसमेत भनिएको छ।

    प्राकृतिक विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न आवश्यक सहजीकरण र वैकल्पिक व्यवस्था गर्न विश्वविद्यालयहरूलाई आग्रह गरिएको छ।

    मन्त्री पोखरेलले वर्तमान संवेदनशील परिस्थितिमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिन विश्वविद्यालयहरूलाई अनुरोध गरेका छन्।

    images
    शुक्रवार, भाद्र १२ २०८३०६:५३:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार