Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविद्वारा स्नातकोत्तर तहका परीक्षा स्थगित

त्रिविद्वारा स्नातकोत्तर तहका परीक्षा स्थगित

  • 606
    SHARES

  • त्रिविद्वारा स्नातकोत्तर तहका परीक्षा स्थगित

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेका स्नातकोत्तर तहका परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।

    प्राकृतिक विपत्ति तथा भोटेकोशी बाढीबाट सिर्जना भएको असहज परिस्थितिका कारण परीक्षा स्थगित गरिएको व्यवस्थापन संकाय, डीनको कार्यालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन र व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको मिति २०८३ भदौ १२ गते बसेको आकस्मिक बैठकको निर्णयअनुसार परीक्षा स्थगित गरिएको हो।

    व्यवस्थापन संकायअन्तर्गत MBS, MPA, MBM, MBA-F, MBA-CL, MBA-M, MHM, MTTM र MATS कार्यक्रमको तेस्रो सत्र नियमित परीक्षा–२०८३ अन्तर्गत सञ्चालन हुन बाँकी सबै दिन र विषयका परीक्षा स्थगित गरिएको छ।

    यसैगरी, MBS कार्यक्रमको प्रथम सत्रअन्तर्गत मधेश प्रदेशका परीक्षा केन्द्रमा २०८३ भदौ १५ गतेका लागि निर्धारण गरिएको परीक्षासमेत स्थगित गरिएको सूचनामा उल्लेख छ।

    देशको समग्र परिस्थितिको मूल्याङ्कन गरी उचित समयमा पुनः परीक्षा तालिका प्रकाशन गरिने त्रिवि व्यवस्थापन संकायले जनाएको छ। नयाँ परीक्षा तालिका प्रकाशित भएपछि सोहीअनुसार परीक्षा सञ्चालन गरिनेछ।

    FB_IMG_1787911078455.jpg

    images
    शुक्रवार, भाद्र १२ २०८३०३:४६:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार