Oct 02 2026 | २०८३, आश्विन १६ गते

बाढीपीडितका लागि पोखरा विश्वविद्यालयका शिक्षक–कर्मचारीले १० दिनसम्मको तलब दिने

बाढीपीडितका लागि पोखरा विश्वविद्यालयका शिक्षक–कर्मचारीले १० दिनसम्मको तलब दिने

  • 158
    SHARES

  • बाढीपीडितका लागि पोखरा विश्वविद्यालयका शिक्षक–कर्मचारीले १० दिनसम्मको तलब दिने

    पोखरा । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि पोखरा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले तलबबाट सहयोग गर्ने भएका छन्।

    पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार निश्चित रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

    निर्णयअनुसार उपकुलपतिले एक महिनाको तलब बराबरको रकम योगदान गर्नेछन्। त्यस्तै, प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम कोषमा जम्मा गर्नेछन्।

    त्यसैगरी उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक, सहायक प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ७ दिनको, उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक, सहायक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ५ दिनको र श्रेणीविहीन कर्मचारीबाट २ दिनको सुरु तलब बराबरको रकम योगदान गरिने विश्वविद्यालयले जनाएको छ।

    विश्वविद्यालयका अनुसार विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट संकलन हुने रकम करिब ७० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

    प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।

    IMG-20260829-WA0001.jpg

    images
    शनिवार, भाद्र १३ २०८३१०:१०:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार