Oct 02 2026 | २०८३, आश्विन १६ गते

पूर्वाञ्चल विश्वविद्यालयको डिजिटल रूपान्तरणमा ‘युद्धस्तर’को काम गर्न शिक्षामन्त्रीको निर्देशन

पूर्वाञ्चल विश्वविद्यालयको डिजिटल रूपान्तरणमा ‘युद्धस्तर’को काम गर्न शिक्षामन्त्रीको निर्देशन

  • 288
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयको डिजिटल रूपान्तरणमा ‘युद्धस्तर’को काम गर्न शिक्षामन्त्रीको निर्देशन

    विराटनगर । शिक्षा तथा खेलकुदमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको डिजिटल रूपान्तरणको कामलाई ‘युद्धस्तर’मा अघि बढाउन निर्देशन दिएका छन्।

    1789397028502.jpg

    पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा आयोजित समसामयिक विषयमा छलफल तथा परिचयात्मक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयको नयाँ नेतृत्व र सम्पूर्ण टोलीलाई परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन आग्रह गरे। उनले विश्वविद्यालयको समग्र सुधारका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

    1789397046822.jpg

    मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको प्रयोग तथा सेवाप्रवाहमा सुधार ल्याउँदै समयानुकूल र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। त्यसका लागि विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

    कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई प्रविधिमैत्री र आधुनिक संस्थाका रूपमा विकास गर्न डिजिटलीकरण तथा विद्युतीय सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताए। प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रविधिमा आधारित, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने गरी सुधारका कामलाई तीव्रता दिइने उनले बताए।

    उपकुलपति मरहट्टाले गोठगाउँस्थित विश्वविद्यालयले प्रयोग गर्दै आएको जग्गा नेपाल सरकारको नाममा रहेकाले उक्त जग्गा विश्वविद्यालयको नाममा कायम गराउन आवश्यक सरकारी पहल गरिदिन सहकुलपति मन्त्री पोखरेलसमक्ष आग्रहसमेत गरे।

    1789397034635.jpg

    रजिष्ट्रार प्रा.डा. पन्ना थापाले उपकुलपति मरहट्टाले प्रस्तुत गरेको पाँचवर्षे रणनीतिक योजनालाई आधार बनाएर विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गतिविधिलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाइने बताए।

    मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयका वर्तमान आवश्यकता र चुनौती समाधान गर्न परम्परागत कार्यशैलीमा मात्र निर्भर हुन नहुने बताए। उनले विश्वविद्यालयका काम स्पष्ट र मापनयोग्य प्रतिफल देखिने गरी अघि बढाउनुपर्नेमा जोड दिए।

    1789397050554.jpg

    कार्यक्रमको खुला अन्तरक्रियामा विद्यार्थी प्रतिनिधि रजत दासले पठनपाठनका क्रममा विद्यार्थीले भोगिरहेका व्यावहारिक समस्या तथा शैक्षिक सुधारका विषयमा ध्यानाकर्षण गराए। नागरिक समाजका अगुवा चिरञ्जिवी शिवाकोटीले विश्वविद्यालयद्वारा सञ्चालित अस्पताललाई सर्वसाधारणले प्रत्यक्ष लाभ लिन सक्ने गरी व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउन आग्रह गरे।

    कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, विभिन्न निकायका प्रमुख, प्रशासक, अधिकृत तथा कर्मचारी, नागरिक समाज र विद्यार्थी प्रतिनिधिको सहभागिता थियो।

    images
    सोमवार, भाद्र २९ २०८३०८:५३:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार