Oct 02 2026 | २०८३, आश्विन १६ गते

ई–रिसोर्स साझा प्रयोग गर्न विश्वविद्यालयबीच समझदारी

ई–रिसोर्स साझा प्रयोग गर्न विश्वविद्यालयबीच समझदारी

  • 179
    SHARES

  • ई–रिसोर्स साझा प्रयोग गर्न विश्वविद्यालयबीच समझदारी

    काठमाडौँ, ३० भदौ । नेपालका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले शैक्षिक विद्युतीय स्रोत (ई–रिसोर्स) को आदानप्रदान तथा साझा प्रयोग गर्ने भएका छन्। यसका लागि त्रिभुवन विश्वविद्यालयसहित नेपालका विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच २०८३ भदौ ३० गते समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको हो।

    FB_IMG_1789625452297.jpg

    विश्वविद्यालय अनुदान आयोगको संयोजकत्वमा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा सहित सहभागी विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

    समझदारीअनुसार विश्वविद्यालय अनुदान आयोगबाट उपलब्ध गराइने शैक्षिक विद्युतीय स्रोतहरू त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमार्फत सहभागी विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा वितरण गरिनेछ।

    यस व्यवस्थाबाट विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ताले आवश्यक शैक्षिक तथा अनुसन्धान सामग्रीमा साझा पहुँच प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    विशेषगरी विद्युतीय जर्नल, अनुसन्धान सामग्री तथा अन्य शैक्षिक स्रोतमा पहुँच विस्तार हुँदा उच्च शिक्षा र अनुसन्धानका क्षेत्रमा सहयोग पुग्ने विश्वास गरिएको छ। उपलब्ध ई–रिसोर्सको साझा प्रयोगले विश्वविद्यालयहरूबीच शैक्षिक सहकार्यलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    images
    बिहिवार, आश्विन १ २०८३१२:३३:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार