Oct 02 2026 | २०८३, आश्विन १६ गते

छात्रवृत्ति निर्णय सच्याउन माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

छात्रवृत्ति निर्णय सच्याउन माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

  • 206
    SHARES

  • छात्रवृत्ति निर्णय सच्याउन माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

    जनकपुरधाम, १ असोज । धनुषाको जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति प्रवेश यादव नेतृत्वको समूहले बुधबार उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

    विश्वविद्यालयले छात्रवृत्तिसम्बन्धी गरेको पछिल्लो निर्णय रद्द गरी छात्रवृत्तिका लागि योग्य विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । विद्यार्थीको हितविपरीत हुने गरी गरिएको निर्णय सच्याउनुपर्ने भन्दै उनीहरूले विश्वविद्यालय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

    आफ्ना माग सम्बोधन नभएसम्म तालाबन्दी कायमै राख्ने चेतावनी स्ववियु पक्षले दिएको छ । छात्रवृत्तिसम्बन्धी निर्णयलाई लिएर विश्वविद्यालय प्रशासन र विद्यार्थीबीच विवाद बढेपछि उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको हो।

    images
    बिहिवार, आश्विन १ २०८३०१:३६:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार