Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थीमा उद्यमशील सोच विकास गर्न ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’

विद्यार्थीमा उद्यमशील सोच विकास गर्न ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’

  • 383
    SHARES

  • विद्यार्थीमा उद्यमशील सोच विकास गर्न ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस कीर्तिपुरको आयोजनामा सञ्चालित चारदिने ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’ सम्पन्न भएको छ। संरक्षणविद् तथा लेखक कर्ण शाक्यको प्रमुख आतिथ्यमा उद्घाटन भएको बुटक्याम्प व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

    स्ववियु सदस्य कुलबहादुर बुढा क्षेत्रीको संयोजकत्वमा सञ्चालित बुटक्याम्पले विद्यार्थीमा उद्यमशील सोच, नवप्रवर्तन, नेतृत्व क्षमता तथा व्यावहारिक व्यावसायिक सीप विकासमा सहयोग पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न प्रशिक्षक तथा अतिथिले उद्यमशीलता र व्यवसायका क्षेत्रमा आफ्ना अनुभव तथा ज्ञान विद्यार्थीमाझ प्रस्तुत गरेका थिए।

    बुटक्याम्पमा सञ्चालन गरिएको ‘आइडिया पिचिङ’ सत्रमा सहभागी विद्यार्थीले आफ्ना व्यावसायिक तथा सिर्जनशील अवधारणा प्रस्तुत गरेका थिए। प्रशिक्षक तथा अतिथिले विद्यार्थीका अवधारणामाथि सुझाव र मार्गदर्शन प्रदान गरेका थिए।

    स्ववियु अध्यक्ष दिपक राज जोशीले विश्वविद्यालय, उद्योग र सरकारबीच ‘ट्रिपल हेलिक्स कोलाबोरेसन’ आवश्यक रहेको बताए।

    उनले विश्वविद्यालयले समाज र बजारका आवश्यकता अध्ययन गरी उद्योगले खोजिरहेको जनशक्ति र नवीन समाधानसँग अनुसन्धान, पाठ्यक्रम तथा विद्यार्थीका सिर्जनशील विचारलाई जोड्नुपर्ने धारणा राखे। ‘विश्वविद्यालयले समाज र बजारलाई अध्ययन गर्नुपर्छ। बजारमा के आवश्यक छ, समाजका समस्या के हुन् र उद्योगले कस्तो जनशक्ति तथा नवीन समाधान खोजिरहेको छ भन्ने पहिचान गरेर विश्वविद्यालयले आफ्ना अनुसन्धान, पाठ्यक्रम र विद्यार्थीका सिर्जनशील विचारलाई त्यससँग जोड्नुपर्छ,’ जोशीले भने।

    बुटक्याम्प सफल बनाउन सहयोग गर्ने अतिथि, प्रशिक्षक, विश्वविद्यालय परिवार, स्ववियु पदाधिकारी तथा सदस्य, स्वयंसेवक र सहभागी विद्यार्थीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

    images
    शनिवार, आश्विन १० २०८३०९:२२:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार