Oct 02 2026 | २०८३, आश्विन १६ गते

संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा सामुदायिक बिद्यालय अध्यायन गरेका विद्यार्थीलाई छात्रवृत्ति दिन निर्देशन ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा सामुदायिक बिद्यालय अध्यायन गरेका विद्यार्थीलाई छात्रवृत्ति दिन निर्देशन ।

  • 872
    SHARES

  • संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा सामुदायिक बिद्यालय अध्यायन गरेका विद्यार्थीलाई छात्रवृत्ति दिन निर्देशन ।

    काठमाडौ - संसदको शिक्षा तथा स्वास्थ्य समिती द्वारा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ।

    आज बसेको संसदीय समितिको बैठकमा सभापति जयपुरी घर्तीले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन गरेको हो।

    चिकित्सा सिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ऐन अनुसार छात्रवृत्ति उपलब्ध गराइएको बताए ।

    त्यसैगरी समिति सदस्य एवम् पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सिट र उत्तीर्ण संख्याबिच अन्तर देखिएको भन्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए। समितिका अर्का सदस्य मानबहादुर बिकले नियमावली संशोधन गरेर सरकारी विद्यालयमा अध्ययन गरेकालाई छात्रबृत्ति उपलब्ध गराउनुपर्ने बताए।

    चिकित्सा शिक्षा आयोगले वार्षिक विभिन्न २९ समूहमा २ हजार १७२ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आयोगले कुल सिट संख्या ८हजार २५१ जना रहेको छ । आयोगले एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई मेरिटका आधारमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

    यस्तो छ समितिको निर्देशनात्मक सूचना ।

    FB_IMG_1630839776576.jpg

    images
    आइतवार, भाद्र २० २०७८०४:३७:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार