Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रदेश २ को राजबिराजमा कृषि र बिरगंजमा बिज्ञान प्रबिधी बिश्वबिद्धालय निर्माण गरिने ।

प्रदेश २ को राजबिराजमा कृषि र बिरगंजमा बिज्ञान प्रबिधी बिश्वबिद्धालय निर्माण गरिने ।

  • 409
    SHARES

  • प्रदेश नं. २ सरकार द्वारा सप्तरीको राजबिराज र बिरगंज मा बिश्वबिद्धालय दुई छुट्टाछुट्टै बिश्वबिद्धालय निर्माण गर्ने तयारी मा जुटेको छ। प्रदेश सरकारले राजबिराजमा कृषि विश्वविद्यालय र बिरगंजमा विज्ञान प्रविधि विश्वविद्याल स्थापना गर्ने जनाएको हो।

    बिश्वबिद्धालय स्थापनाको लागि प्रदेश सरकारल आवश्यक तयारीमा समेत जुटेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा अनुरुप विश्वविद्यालय सञ्चालनको तयारीका लागि आर्थिक स्रोत संकलनको तयारीमा जुटेको छ । प्रदेश सरकारलाई दुइटै विश्वविद्यालय सञ्चालनका लागि ५० करोड रुपियाँ  बजेटको आवश्यकता रहेको छ ।

    कृषि क्षेत्रको विकास गरी प्रदेशको आर्थिक सम्वृद्धि हासिल गर्ने लक्ष्य सहित प्रदेश सरकारले विश्वविद्यालयको अवधारणा अघि सारेको हो ।

    एउटा विश्वविद्यालय सञ्चालनको पूर्वाधार तयारीका लागि रु. २५ करोड जुटाउन प्रदेश सरकार लागिरहेको आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । रकमको चाँजोपाँजो मिल्ने बितिकै सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको समेत उनले जानकारी दिए ।

    उनले भने “विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । यसका लागि रु २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले बताए ।

     

    images
    सोमवार, भाद्र २८ २०७८११:५९:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार