Aug 13 2026 | २०८३, श्रावण २८ गते

मणिपाल बेचबिखन काण्ड: संसदीय समितिले सरकारलाई सोध्यो : बिक्री सम्झौता पत्र खोइ?

मणिपाल बेचबिखन काण्ड: संसदीय समितिले सरकारलाई सोध्यो : बिक्री सम्झौता पत्र खोइ?

  • 654
    SHARES

  • मणिपाल बेचबिखन काण्ड: संसदीय समितिले सरकारलाई सोध्यो : बिक्री सम्झौता पत्र खोइ?

    १० असोज, काठमाडौं - प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले  पोखराको मणिपाल अस्पताल बिक्री भएको हो या नभएक सरकार समक्ष सम्झौता पत्र माग गरेको छ।

    आइतबार बसेको समिति बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उक्त अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै त्यसबारे जानकारी गराउन निर्देशन दिएको हो ।

    शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘ बेचबिखन भन्ने आइरहेको छ त्यो के हो ? त्यो कुरा बुझ्न र बुझेर समितिलाई सम्झौता पत्र उपलब्ध गराइदिनको लागि निर्देशन दिन चाहन्छु ।'

    ‘मणिपालको कुरा कम्पनीमार्फत गराएको हो भने पनि सम्झौतामा के छ ? पहिला हामी सम्झौता पढेर जाऔं । मन्त्रालयले हामीलाई सम्झौतापत्र उपलब्ध गराओस् ; समिति सभापति घर्तीले भनिन् ।

    बैठकमा पूर्वस्वास्थ्थमन्त्री समेत रहेका नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूले सम्झौतापत्र सरकारी अधिकारीहरुसंग माग गरेको तर, नपाएको बताएका थिए । तथापि, सम्झौता हुँदाका बेला कतिपय सन्दर्भम आफूसमेत संलग्न भएको उल्लेख गर्दै उनले मणिपाल बेचबिखन हुन नसक्ने बताए ।

    सम्झौता हुँदा पहिलो पक्ष नेपाल सरकार र दोस्रो पक्ष मणिपाल कम्पनी लिमिटेड रहेको र दोस्रो पक्षले छोड्दा स्वतः पहिलो पक्षको हुनुपर्नेमा त्यसो नभएको र बेचबिखन भएको आएको उल्लेख गर्दै प्रश्न गरे । उनले मणिपाल बिक्री हुन नसक्ने जिकिर गरे ।

    पूर्वशिक्षा मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले मणिपालका सन्दर्भमा आएका विषय प्रष्ट हुनुपर्ने र सम्झौता अध्ययन गरेर र प्रचलित ऐन कानुन अनुसार निर्णय हुनुपर्ने बताए ।

    यस अघि मणिपाल बेचबिखन गर्दै विद्यार्थी को भविष्यमाथी खेलवाड गरेको भन्दै स्थानीय विद्यार्थी, अभिभावक र विभिन्न विद्यार्थी संगठन हरु समेत आन्दोलन गर्दै आएका थिए ।

    images
    आइतवार, आश्विन १० २०७८०३:४४:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार