आइतवार, मंसिर २६ २०७८
काठमाडौ - लुम्बिनी बौद्ध बिश्वबिद्धालयमा नयाँ शैक्षिक सत्रका लागि भर्ना आवेदन खुलेको छ। बिश्वबिद्धालय द्वारा BALLB, BTTM तथा BA कार्यक्रमहरुमा सेमेस्टर प्रणाली अन्तर्गत नयाँ शैक्षिक सत्रका लागि आवेदन खुलेको हो।
बिश्वबिद्धालयले एक सुचना जारी गर्दै मिति २०७८/०८/२६ गते देखि भर्ना आवेदन खुलाएको जनाएको छ। आवेदन दिने अन्तिम मिति भने २०७८/९/२५ गते र दोब्बर दस्तुरका लागि २०७८/१०/१ गते सम्म तोकिएको छ।
भर्नाकालागि बिश्वबिद्धालयको वेबसाईट apply.lbu.edu.np मा गएर अनलाइन मार्फत आवेदन फारम भर्न सकिने बताइएको छ।
