Aug 13 2026 | २०८३, श्रावण २८ गते

मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ३२% मात्रै पास ।

मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ३२% मात्रै पास ।

  • 785
    SHARES

  • मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ३२% मात्रै पास ।

    जेठ, १४ काठमाडौं -  नेपाल मेडिकल काउन्सिलले लिएको MBBS र BDS को चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ। काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशित गरेको हो।

    काउन्सिलले लिएको MBBS र BDS को चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा परीक्षामा सहभागीमध्ये जम्म ३१ दशमलब ८४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् भने बाँकी करिन ६८ प्रतिशत परिक्षार्थी फेल भएका छन।

    परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागीमध्ये एक हजार १७ जना अनुत्तीर्ण भएका छन् भने दुई जनाको परीक्षा रोकिएको छ। 

    नतिजा हेर्न काउन्सिलको वेबसाईट www.nmc.org.np मा हेर्न सकिने छ।

     

    images
    शनिवार, जेठ १४ २०७९१०:०३:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार