Aug 13 2026 | २०८३, श्रावण २८ गते

नक्कली शैक्षिक प्रमाणपत्र देखाउने मेडिकलका पाँच विद्यार्थीमाथि कारबाही

नक्कली शैक्षिक प्रमाणपत्र देखाउने मेडिकलका पाँच विद्यार्थीमाथि कारबाही

  • 577
    SHARES

  • नक्कली शैक्षिक प्रमाणपत्र देखाउने मेडिकलका पाँच विद्यार्थीमाथि कारबाही

    जेठ, २४ काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने पाँच विद्यार्थी कारबाहीमा परेका छन्। आरक्षण कोटाबाट छात्रवृत्तिमा छनोट भएका विद्यार्थीमाथि चिकित्सा शिक्षा आयोगले छानबिन गर्दा पाँचजनाले पेस गरेका कागजात नक्कली भेटिएको हो।

    मेडिकल शिक्षा अध्ययन गर्न र सरकारी छात्रवृत्तिमा नाम निकाल्न विद्यार्थीले गैरकानुनी हतकण्डा अपनाउने गरेको पाइएको छ।

    आयोगका उपसचिव दामोदर फुयाँलका अनुसार नतिजा प्रकाशनपछि कोटामा नाम निकालेका पाँच विद्यार्थीमाथि झुटो विवरण पेस गरेको उजुरी परेको र सोही आधारमा आयोगले छानबिन गर्दा कागजात नै नक्कली साबित भएको बताइएको छ।

    उपसचिव फुयालका अनुसार कसैले नक्कली दलित त कसैले निजीमा पढेर सरकारी विद्यालयको नक्कली कागजात पेस गरी छात्रवृत्ति कोटामा परीक्षा दिएको छानबिनबाट रहस्य खुलेको हो। रिंकुकुमारी यादवले बिएनएसको परीक्षा दिँदा उनले आफूलाई दलित कोटाबाट योग्य हुने भनी सबै कागजात पेस गरेकी थिइन् भने किसुन यादवले पनि आफू दलित समुदायको भन्दै सबै झुटो कागजात पेस गरेर परीक्षा दिएका थिए। प्रकाशित नतिजामा दुवैजनाको नाम दलित कोटाको छात्रवृत्तिमै प्रकाशित भयो तर तत्काल उनीहरूमाथि गलत विवरण पेस गरी नक्कली दलित रहेको उजुरी परेपछि छानबिन हुँदा यस्तो रहस्य खुलेको हो। उनीहरूलाई आयोगले हाल दलितको कोटाबाट हटाइसकेको उपसचिव फुयाँलले बताए।

    यसैगरी बबिना भण्डारीले बिएससी एमएलटी, एमबिबिएस र बिपिएच, गगन प्याकुलेले एमबिबिएस र बिफार्म तथा सफदर इलियास अन्सारीले एमबिबिएसमा सरकारी विद्यालयको विद्यार्थी भएको भनी नक्कली प्रमाणपत्र पेस गरी परीक्षा दिएका थिए।

    आयोगले विगत दुई वर्षदेखि एकीकृत प्रवेश परीक्षा लिँदै आएको छ। यसअघि विश्वविद्यालयले आ–आफ्नै तरिकाले परीक्षा लिने गरेका थिए। आयोगले एकीकृत परीक्षा लिन थालेपछि नक्कली विवरण पेस गर्ने विद्यार्थी बढेको र कारबाहीमा पनि पर्न थालेको उनले बताए। नागरिक दैनिकबाट

     

    images
    मंगलवार, जेठ २४ २०७९०१:३१:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार