मंगलवार, जेठ २४ २०७९
जेठ, २४ काठमाडौ - नेपाल मेडिकल काउन्सिलले वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो।
काउन्सिलका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा)को ३ चरणमा हुने जनाएको छ ।
काउन्सिलको जारी सूचना अनुसार पहिलो चरणको स्नातक तह लाइसेन्स परीक्षा असोज ६, ७ र ८ गते र चरण माघ १२, १३ र १४ गते परीक्षा हुने छ ।
त्यसैगरी स्नातकोत्तर तहको पहिलो चरणको परीक्षा साउन ६ र ७ गते दोश्रो चरण मंसिर ९ र १० गते र तेस्रो चरण चैत १७ र १८ गते परीक्षा लिने भएको छ ।
काउन्सिलले साउन ६ र ७ गते अर्थात शुक्रबार र शनिबार हुन गइरहेको विशेष परीक्षा जेठ २० देखि असार २२ गतेसम्म आवेदन फारम भर्न आग्रह गरेको छ ।
काउन्सिलले विदेशमा भर्ना भई कोभिडका कारण नेपालमा इन्र्टनशीप गरिरहेका विद्यार्थीहरुले परीक्षामा सामेल हुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तोकेको अवधिको इन्टर्नशीप पूरा गरेको र आफु भर्ना भएको विश्वविद्यालयको अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
