Aug 12 2026 | २०८३, श्रावण २७ गते

जीवनका ठूला सत्यहरू: एक सार्थक जीवनको मार्गचित्र

जीवनका ठूला सत्यहरू: एक सार्थक जीवनको मार्गचित्र

  • 129
    SHARES

  • जीवनका ठूला सत्यहरू: एक सार्थक जीवनको मार्गचित्र

    काठमाडौँ । मानिसले जन्म लिन्छ मर्नको लागि। जीवन जिउनु सत कर्मको लागि हो। सत कर्मको सुरुवात प्रत्येक मानिसको जीवनको यात्रा गर्भदेखि सुरु हुने भएकोले त्यसै स्थानदेखि असल कुरा सुन्ने र भोग्ने को अभ्यासको अवसर दिनुपर्छ। प्रत्येक मानिसले मानव जीवन सुख-दुःख, सफलता-असफलता र अनगिन्ती अनुभवहरूको सङ्गालो हो भन्ने आत्मानुभुति गर्न सक्नुपर्छ। जीवनलाई सही दिशामा डोऱ्याउनका लागि यसका वास्तविक सत्यहरूलाई बुझ्नु र आत्मसात् गर्नु अत्यन्तै आवश्यक छ।

    हाम्रो जीवनमा सबैभन्दा ठूलो कमजोरी क्रोध हो, जसले मानिसको विवेक नष्ट गर्छ। जहाँ क्रोध हुन्छ त्यहाँ विनास हुन्छ। तर यही क्रोधलाई परास्त गर्दै अरूलाई माफ गर्न सक्नु नै सबैभन्दा ठूलो साहस (क्षमा) हो। पर्शुराम क्रोधित हुँदै लक्ष्मण माथि आक्रमण गर्न खोज्दा पर्शुरामको क्रोध रामको विनयताले सान्त पारेको प्रसँग बुझ्नुपर्छ। मानिसको बाह्य रूप जस्तै भए पनि उसको मुहारमा आउने ओठको मुस्कान सबैभन्दा ठूलो सजावट हो, जसले जोकोहीको मन जित्न सक्छ।

    असल र शिष्टताको पहिचान नै मुखबाट निस्कने बोली अनि ओठमा देखिने मुस्कानले नै दिने गर्छ। तर यस यात्रामा हाम्रो सबैभन्दा ठूलो शत्रु अल्छी बनेर अगाडि उभिन्छ, जसले हाम्रा सम्भावनाहरूलाई अन्त्य गरिदिन्छ। त्यसैले प्रत्येक मानिस अगाडि बढ्नुछ भने उसले सबै भन्दा पहिले अल्छिपन त्याग्नैपर्छ। आफ्नो व्यवहारमा नम्रता अपनाउनु सबैभन्दा ठूलो बुद्धिमानी हो भने आफ्नो कर्तव्यप्रति समर्पित हुनु नै सबैभन्दा ठूलो समर्पण हो। प्रत्येक बालबालिकालाई घरदेखि विद्यालय हुँदै विश्वविद्यालयको शिक्षामा कर्तव्यको बोध गराउन सक्नुपर्छ। जो जसले घर, परिवार, विद्यालय र समाज प्रतिको कर्तव्य पुरा गरेको हुन्छ उसलाई मात्र अधिकारको खोजी गर्ने अधिकार हुन्छ। आजको मानव समाजमा देखिएको देखिएको द्वन्द्वको कारण नै मानिसले कर्तव्य पालन गर्न छोडेर नै हो। विद्यालयमा कुनै पनि विद्यार्थी शिक्षकबाट दण्डित हुँदैन यदि उसले शिक्षकले सोधेको प्रश्नको जवाफ दिने,अनि गृहकार्य गर्ने र सबैसँग मिलेर हिड्छ भने। सानो उमेरदेखि नै समाजमा भौतिक सुख-सुविधाभन्दा पनि व्यक्तिले कमाएको ईमान्दारी नै उसको सबैभन्दा ठूलो पहिचान बन्दछ भन्ने कुराको सिकाइ गराउन सक्नुपर्छ । यसैगरी, धन-सम्पत्ति त हराएर जान सक्छ, तर ज्ञान नै त्यस्तो सबैभन्दा ठूलो सम्पत्ति हो जसलाई कसैले खोस्न सक्दैन। त्यसैले प्रत्येक बाबुआमाले सन्तानलाई शिक्षाको अवसर दिलाउनुपर्छ भने बालबालिकाले त्यसको उपयोग गर्न सक्नुपर्छ।

    मानिसको जीवनमा जति कठिनाइ आउँछ उति नै परिपक्व बनाउँछ। जीवनका अप्ठ्यारा परिस्थितिहरूसँग लड्नका लागि धैर्यता नै सबैभन्दा राम्रो हतियार हो जसलाई प्रत्येक मानवले ग्रहण गर्न सक्नुपर्छ। यसरी जीवन जिउँदै गर्दा समेत विभिन्न प्रकारका पिडाले पिछा गरेको हुन्छ। यस्ता मनका पीडा र तनाव हटाउन हाँसो सबैभन्दा राम्रो औषधि हो। जतिसुकै क्रोधित व्यक्तिलाई पनि सहीतरिकसको हाँसोले पगालिदिन सक्छ।संसारमा हजारौँ शक्तिहरू होलान्, तर सत्य नै सबैभन्दा ठूलो शक्ति हो, जसको अगाडि असत्य सधैँ पराजित हुन्छ। यद्यपि यसले समय भने लिने गर्दछ।

    हामीलाई पाठ सिकाउने विभिन्न माद्यमहरु भए पनि समय नै सबैभन्दा ठूलो गुरु हो, जसले जीवनको वास्तविक मूल्य बुझाउँछ। यही समयले गर्भको वास, शैसब् अवस्था,बाल्यकाल, किशोरावस्था, प्रौढ र वृद्धको अनुभूति गराउँछ। एक निरोगी मानिसका अनगिन्ती सपनाहरु सजिएका हुन्छन् तर मानिस जव बिरामी हुन्छ उसको एक मात्र सपना हुनेछ रोगबाट मुक्ति। त्यसैले भन्न सकिन्छ संसारका सम्पूर्ण खुसीहरू एकतिर र स्वास्थ्य नै सबैभन्दा ठूलो वरदान हो, किनभने निरोगी शरीरविना कुनै पनि सफलता सार्थक हुन सक्दैन।

    तसर्थ, यी महान् सत्यहरूलाई आफ्नो दैनिक जीवनमा लागू गर्न सकेमा मात्र हाम्रो जीवन सार्थक, सुन्दर र प्रेरणादायी बन्न सक्छ।यी सत्यवाणीहरूलाई शिक्षामा जोड्दै सफल र असल नागरिक निर्माण गर्ने मार्गमा घर, परिवार , विद्यालय हुँदै विश्वविद्यालयको अध्यापनले एक असल नागरिकको निर्माण गर्नुपर्छ। यदि गरेमा सन्सार एक सुयोग्य मानवबस्तीमा परिणत हुनेछ र शिक्षा सही मार्गमा अडेको हुनेछ।

    चन्द्रकान्त पण्डित 

    सिद्धि गणेश मावि पकनाजोल काठमाडौं नेपाल

    images
    शनिवार, श्रावण २३ २०८३०८:०६:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार